बद्री नाथ झा, जनकपुरधाम । २०७९ फाल्गुन २१, आइतवार

मिथिला माध्यमिकी परिक्रमा आइतबार करुणाबाट परिक्रमा विशौल हुँदै १४ औं दिन जनकपुरधाम आइपुग्ने छन् ।

यही फागुन ८ जनकपुरधामको हनुमानगढीस्थित जम्मा भएर परिक्रमा यात्रा सुरु भएको थियो । हनुमानगढीबाट सुरु भइ भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सत्तोषर, औरही शनिबार करुणमा रात्रि विश्राम त्यसपछि परिक्रमा करुणाबाट विशौल र कल्याणेश्वर स्थानसम्म पुगेर पुनः १४ औं दिन जनकपुरधाम फर्किने छन् ।

जनकपुरधाम पुगेर जनकपुरधामको अन्तरगृह परिक्रमा गरेपछि मध्यमा परिक्रमा सम्पन्न हुने छन् । माध्यमिकी परिक्रमा भाग लिन नसकेको श्रद्धालुहरु अन्तगृहमा परिक्रमामा सहभागी भए मोक्षको भागी बन्ने जनविश्वास छ । नेपाल भारत दुबै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन् ।

यस यात्राका सहयात्रीले नेपालका १ सय २ एवम् भारतको २६ गरी १ सय २८ किलोमिटर पैदलयात्रा गर्नुपर्ने हुन्छ । परिक्रमा यात्रीह्ररु घर फर्केको भोलिपल्ट मधेशमा होली मनाइँदै आएको छ । सो आधारमा यसपटक आगामी बुधबार मधेशमा होली मनाइने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *