संजीव सिंह, काठमाडौं । २०७९ फाल्गुन २०, शनिवार

हिन्दु धर्मावलम्बीहरुले शनि लागेपछि ग्रह शान्तिको लागि आस्था र विश्वासका साथ संकटा दर्शन गर्न जाने गर्दछन्।

काठमाडौँको संकटा मन्दिर संकटा देवीको एक प्रसिद्ध मन्दिर हो । यो मन्दिर नयाँ सडक स्थित टेबहालमा अवस्थित छ । संकटा मन्दिरको पहिलो तल्लामा संकटा देवी अवस्थित छ भने तल्लो तल्लामा करुणामई अवस्थित रहेको छ । यस मन्दिरमा विशेष गरी शनिवार तथा दशैको बेला भक्तजनहरूको ठूलो भिड लाग्ने गर्छ ।

संकटाको मन्दिर नेपाली तले मन्दिरको शैलीमा दुई तलाको बनाइएको छ । यसको छाना धातुका पाताले बनेको छ, जसको माथ्लो भागमा धातुकै पाँच वटा गजुर राखिएका छन् । मन्दिर अगाडि बन्धुदत्त वज्राचार्यको मूर्ति छ, जसले करुणामयलाई काठमाडौंमा ल्याएको मानिन्छ । संकटामा बौद्धमार्गीहरू तान्त्रिक विधिले पूजाआजा गर्दछन् भने हिन्दूहरू नवरात्रका बेला यिनको पूजाआजा गर्दछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *