संजीव सिंह, काठमाडौं । २०७९ फाल्गुन ०६, शनिवार

राजपुत समाज नेपालले महाशिवरात्रीको पावन अवसरमा दर्शन गर्न आएका श्रद्धालु भक्तजनका लागि प्रसाद तथा औषधी वितरण एवम् स्वास्थ्य शिविर संचालन गरेको छ ।

महाशिवरात्रीको अवसरमा पशुपति विकास क्षेत्र अन्तर्गत वनकालीमा अवस्थित हंसा मंडपमा श्रद्धालु भक्तजनका लागि राजपुत समाज नेपालद्वारा संचालित आज एक दिने नि:शुल्क प्रसाद वितरण तथा स्वास्थ्य शिविर र औषधि वितरण गरिएको छ । सो कार्यक्रमको उद्घाटन समाजका वरिष्ठ सल्लाहकार एवम् राजनीतिज्ञ राम किशोर सिंहले गरेका थिए ।

क्षत्रिय कुलमा जन्मेका राजपुत समाजको एकता, उन्नति र सहकार्यको भावना सहित श्रद्धालु भक्तजनको सेवामा समर्पित यो कार्यक्रम प्रत्येक वर्ष शिवरात्रीको अवसरमा यसैगरी मनाउने बताए समाजका अध्यक्ष विजयकुमार सिंह । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा समाजका सकृय एवम् प्रथम संविधानसभा सदस्य ववन सिंह, अग्रज एवम् वरिष्ठ अधिवक्ता मिथिलेश कुमार सिंह, वरिष्ठ सल्लाहकार अमर किशोर सिंह, प्रहरी अतिरिक्त महानिरीक्षक पुजा सिंह, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिल लगायतको उपस्थिति रहेको थियोे ।

कार्यक्रममा प्रसादको रुपमा भक्तजनको लागि गाजरको हलुवा, खीर र खानाको प्रबन्ध गरिएको समाजका कोषध्यक्ष राकेश कुमार सिंहले बताए । यसका साथै स्वास्थ्य उपचार र औषधि वितरण पनि नि:शुल्क गरिएको बताए समाजका सकृय सदस्य राम सिंह । करिब २ सय राजपुतको प्रत्यक्ष उपस्थितिमा कार्यक्रमको समायोजन गरिएको थियोे । प्रसाद र भोजन मात्रै करिब ३ हजारभन्दा बढीले गरेको समाजका उपाध्यक्ष उमेश सिंहले बताए ।

यसैगरी महिलाको पनि उल्लेख्य सहभागिता रहेको महिला उपाध्यक्ष रेणुका सिंहले बताइन् । सो कार्यक्रममा सम्पुर्ण राजपुत सदस्यलाई नि:शुल्क टिसर्ट पनि वितरण गरिएको थियो ।

स्वास्थ कार्यक्रम अन्तर्गत करिब के९५ मास्क ५,५०० थान र सर्जिकल मास्क ५,००० थान वितरण गरिएको थियो । पारासिटामोल ५,००० ट्याबलेट, ओआरएस ५००, मिनरल वाटर ५,००० बोटल लगायत अन्य औषधि वितरण गरिएको थियोे ।करिब १,५०० जनाले स्वास्थ्य उपचार गराएको जानकारी समाजका सचिब ध्रुबकुमार सिंहले जनाए ।

स्वास्थ्य टिममा वरिष्ठ चिकित्सक ओममुर्ति अनिल सहित डा. चाँदनी सिंह, डा. अनामिका सिंह, डा. सिके सिंह, डा. प्रसान्त सिंह, डा. राकेश सिंह र डा. अभि सिंहले सेवा प्रदान गरेका थिए । यसैगरी ५ जना महिला स्वास्थकर्मी नर्स लगायतले सेवा दिएकी थिईन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *