मुलुक डेस्क, काठमाडौं । २०७९ माघ २६, बिहिवार

टर्कीमा गएकाे शक्तिशाली भूकम्पका कारण पिडितहरूका लागि नेपालको तर्फबाट इस्लामी संघ नेपालले राहत सामाग्री पठाएको छ ।

टर्कीमा गएकाे शक्तिशाली भूकम्पले त्यहाँको जनताको अवस्था नाजुक बनेको छ । फलस्वरुप पिडितहरूकाे लागि राहत स्वरूप आज अति आवश्यक सामाग्री, न्यानाे कपडा, ज्याकेट, स्वीटर, ट्राउजर, ब्याग, ब्लाङ्केट लगायतका सामाग्री टर्कीश एयरलाइन्स मार्फत पठाएकाे छ ।

टर्की, सीरिया र त्यस वरपरका भूकम्प पीड़ितहरुको लागि इस्लामी संघ नेपालको पहलमा संकलित पहिलो चरणको राहत टर्किश एयरलाइन्सलाई आजै हस्तांतरण गरि टर्की पठाइएको छ । सो राहत सामाग्रीका लागि एयरलाइन्सका व्यवस्थापक र इस्लामी संघ नेपालको अध्यक्षबीच संघको कार्यालयमै सम्झौता पत्र आदानप्रदान भएको थियो ।

यस कार्यमा सहयोग गर्ने सहयोगी हातहरु, कपड़ा व्यापारीहरु, स्वयंसेवकहरू र एयरलाइन्सका कार्गो डिपार्टमेंटका कर्मचारीहरु सबैलाई इस्लामी संघ नेपालले हार्दिक आभार प्रकट गरेको छ । टर्की सरकार अन्तर्गतकाे संस्था AFAD ले साे सामाग्री प्राप्त गरी वितरण गर्ने कार्यक्रम रहेको र आवस्यकता अनुसार पुनः थप सामाग्री उपलब्ध गराउने योजना रहेको अध्यक्षले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *