मुलुक डेस्क, काठमाडाैं । २०७९ माघ २५, बुधवार

मधेशी मुलबाट प्रथम महिला सिडिओको रुपमा बाराकी प्रदर्शनी कुमारी बन्न सफल भएकी छिन् ।

प्रदर्शनी कुमारी ओखलढुँगामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) भएकी हुन् । मधेश प्रदेशको बारा जिल्लाको प्रसौनी वडा नं. ३ बस्ने प्रदर्शनी कुमारी गत माघ ११ गते ओखलढुँगा जिल्ला प्रमुखको रुपमा जिम्मेवारी सम्हालेकी हुन् ।

उनी मधेशी समुदायबाट पहिलो सिडिओ बनेकी हुन् । यसअघि प्रदर्शनी कुमारी गृह मन्त्रालयमा उपसचिव भएर बसेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *