मुलुक डेस्क, काठमाडौं । २०७९ माघ १८, बुधवार

“लालटीन बालेर,सिटी फुकदै न्यायका लागी सरकार खोज्दै छौ !”

काठमाडौंकाे कलंकीबाट जलुस सहित बिधवा महिला निर्मला कुर्मिको अपहरण,शरीर बन्धक तथा कर्तब्य ज्यान गरि हत्या गरिएकोमा न्यायका लागी नेपालगंज देखि काठमांडौसम्म ११ जना महिला सहितको १४ जना समुहले पैदल यात्रा गरि सरकारसंग न्याय माग्न आएकोमा सरकार अझसम्म बेखबर र मौन रहेकोे देखिन्छ ।

“सरकारले न्यायका लागि बारम्बार बार्ता/सहमती गरी पठायो तर न्याय अहिलेसम्म पाइएन । मुद्दा अहिलेसम्म सम्मानित अदालतमा पुर्याइएको छैन त्यस कारण हामी पिडा सहन नसकेर बाध्य भएर तेस्रो पटक न्यायका लागी माईतीघर मण्डलामा तेस्रो चरणको आन्दोलन सुरु गर्न बाध्य भएका छौ !” आन्दोलनकारी एवम् मानव अधिकारकर्मी रुबी खान बताउँछिन ।

निर्मला कुर्मीको न्यायिक आन्दोलन अन्तर्गतको यो तेस्रो चरणको आन्दोलनको क्रममा आज पैंतिसौ दिन हो। अधिकारकर्मी खानका अनुसार यो आन्दोलनलाई सरकारले सम्बोधन गर्न ढिलासुस्ती गरेमा अझ कडाईका साथ स्वरुपमा हेरफेर गरि अनिश्चितकालका अनशन जारी रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *