मुलुक डेस्क, काठमाडौं । २०७९ माघ १३, शुक्रवार

सप्तरीको राजगढ गाउँपालिका र डाकनेश्वरी नगरपालिकाका ८० जना एकल महिलालाई सेतु सामुदायिक विकास तथा मानव अधिकार मंचको समन्वयमा मधेशी आयोगका सदस्य आभा सेतु सिंहले सिरक वितरण गरेकी हुन् ।

तराईमा वर्षेनी शीतलहरको कारण जनजीवन कष्टकर हुने भएकोले सो बाट जोगिन यस्तो कार्यक्रम गरेको सेतु सामुदायिक विकासका अध्यक्ष जंगबहादुर सिंहले बताए। तीन दशकदेखि समाज सेवा गर्दै आएकी आयोगका सदस्य सिंहले गरिबलाई नजिकबाट अनुभव गरेकोले राहत सामाग्री बाँडन पाउँदा गौरवान्वित महसुस गरेको बताइन् ।
आयोगमा पर्याप्त स्रोत साधन नभएको कारण आफ्नै निजि तलवभत्ता मार्फत उनले राहत वितरण गरेको बताइन् ।

सेतु सामुदायिकका अध्यक्ष एवम् श्रीमान जंगबहादुर सिंह तथा राजनीतिकर्मी एवम् सामाजिक अभियन्ता सुमन राज प्याकुरेलको परामर्शमा अनुदान गरि डाकनेश्वरी नगरपालिका र सेतु सामुदायिक विकास मंचको समन्वयमा वितरण गरेको सेतु सामुदायिक विकास तथा मानवअधिकार मंचको अध्यक्ष जंगवहादुर सिंहले बताए ।

सिरक वितरणको क्रममा डाकनेश्वरी नगरपालिकाका मेयर रामलखन मल्लाह र उपमेयर मीना यादवले आयोगका सदस्य आभा सेतु सिंह र समाजसेवी तथा हिन्दुवादी नेता जंगबहादुर सिंहलाई स्वागत एवम् सम्मान गरेकाे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *