मुलुक डेस्क, काठमाडौं । २०७९ माघ ०२, सोमवार

टाटाले कमर्सियल सेग्मेन्टमा पनि विद्युतीय तथा हाइड्रोजन फ्युअल सेल गाडी भारतको अटो एक्स्पोमा प्रदर्शनी गरेको छ।
भारतमा जारी अटो एक्स्पो २०२३ मा टाटाले आगामी दिनमा आउने कमर्सियल सेग्मेन्टका गाडीहरुलाई पनि विद्युतीय तथा हाइड्रोजन फ्युल सेलमा ल्याउने गाडीको अवधारणाहरु प्रदर्शनी गरेको हो। अटो एक्स्पोमा कम्पनीले आफ्नो हाइड्रोजन फ्युल सेल र इन्टरनल कम्बसन टेक्नोलोजी र सवारीसाधनहरु प्रस्तुत गरेको थियो।

कम्पनीले हाइड्रोजन फ्युल सेलबाट संचालन हुने हेभी ट्रकको अवधारणा प्रदर्शनी गरेको छ। टाटा मोटर्सको हाइड्रोजन स्टारबस हाइड्रोजन फ्युल सेल इलेक्ट्रिक बस प्रिमा इ ५५ एस पहिलो हाइड्रोजन फ्युल सेल कन्सेप्ट गाडीहरू जुन लामो दूरीको कार्गो ट्रक हो।

यो ट्रक कम्पनीको पहिलो हाइड्रोजन इन्टरनल कम्बसन इन्जिनबाट चल्ने कन्सेप्ट ट्रक हो।

एक्स्पोमा टाटा मोटर्सले प्रदर्शन गरेका कमर्सियल गाडीहरूमा योधा र इन्ट्रा पिक-अपहरू छन् पनि रहेका छन्। जुन सीएनजी र भि २० बाइफ्युअलद्वारा संचालित छन्। जसले ६०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। एलएनजीद्वारा संचालित प्रिमा जी ३५ के टिपरको पनि प्रदर्शनी गरिएको छ। जुन भारतको पहिलो हेभी ट्रक हो।

एक्सपोमा टोयोटा, हुन्डाई र एमजीले पनि हाइड्रोजन सेलाबाट चल्ने प्यासेन्जर कारलाई प्रदर्शनीमा राखेका छन्। यस्तै, आइसरले यो प्रविधिमा आधारित कमर्सियल भेहिकललाई देखाएको छ।

टोयोटाले हाइड्रोजन सेलबाट चल्ने मिराईलाई सोकेस गर्दा एमजीले यूनिक ७ एमपिभीलाई सोकेस गरिरहेको छ। यसैगरी कोरियन अटो निर्माता हुन्डाइले हाईड्रोजन सेलबाट चल्ने नेक्सो एसयूभीलाई प्रदर्शन गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *