मुलुक डेस्क, काठमाडौं । २०७९ माघ ०१, आइतवार

शिवम् सिमेन्ट्स लिमिटेडको बार्षिक साधारणसभाले नयाँ सञ्चालक समिति चयन गरेको छ । शिवम् सिमेन्ट्सको सञ्चालक समितिमा पाँच जना चयन भएको छ ।
सञ्चालक समितिको अध्यक्षमा गौरव गोयल नियुक्त भएको छ ।

शिवम् सिमेन्ट्स लिमिटेडको बार्षिक साधारणसभाले नयाँ सञ्चालक समिति चयन गरेको कम्पनीको आर्थिक बर्ष २०७८/०७९ को सातौं वािर्षक साधारण सभाले गत बर्षको नाफाबाट प्रस्तावित लाभांशसमेत पारित गरेको छ।

कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा बसेको सभाले शेयरधनीलाई १०.५३ प्रतिशतका दरले (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाबाट आगामी चार बर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई संचालकमा निर्वाचित भएका छन्।

कम्पनीको आर्थिक बर्ष २०७८/०७९ को सातौं वािर्षक साधारण सभाले गत बर्षको नाफाबाट प्रस्तावित लाभांशसमेत पारित गरेको छ।

सभास्थलमा बसेको नवनिर्वाचित संचालकहरुको बैठकबाट संचालक गौरव गोयललाई संचालक समितिको अध्यक्ष पदमा चयन गरेको छ।

सभाबाट संचालक समितिले नियुक्तिका लागि निर्णय गरी अनुमोदनका लागि सिफारिस गरे बमोजिम नेपाल सरकारका पूर्व सचिव समेत रहेका चन्द्रकुमार घिमिरेलाई स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक पदमा नियुक्तिको अनुमोदन समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *