मुलुक डेस्क, काठमाडौं । २०७९ माघ ०१, आइतवार

पोखरामा यति एअरलाईन्सको विमान दुर्घटना भएको छ । विमान दुर्घटनामा के कति क्षति भएको विवरण प्रष्ट हुन सकेको छैन । यद्यपि ४० वटा शव निकालिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले बताएका छन्।

प्रवक्ता जगन्नाथ निरौलाका अनुसार उक्त विमानमा चालक दलका चार सदस्य सहित ६८ जना यात्रु थिए।उक्त विमान काठमाडौंबाट १० बजेर ३२ मिनेटमा उडेको थियो।

सवार यात्रु मध्ये ५३ जना नेपाली र ५ जना भारतीय रहेको उनको भनाई छ। त्यसबाहेक विमानमा रुसका ४ जना, कोरियाका २ जना, आयरल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना र फ्रान्सका एक एक जना यात्रु सवार थिए।

नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले भने, “पोखरा विमानस्थलबाट डेढ किलोमिटर वर सेती नदीको खोँचमा विमान दुर्घटनाग्रस्त भएको छ। त्यहाँ उद्धारका लागि रेन्जरतर्फका १२० गरी २०० जना सैनिक परिचालित भएका छन्।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *