मुलुक डेस्क, जनकपुरधाम । २०७९ माघ ०१, आइतवार

भारतीय नम्बर प्लेट (BR 30B-3372 र DL 5CD 7453) को दुई वटा गाडी जनकपुरधामको हुलाक कार्यालयमा थन्किएको अवस्थामा छ ।

प्रहरीले नेपालबाट भारतर्फ रक्सी लिई जादै गर्दा प्रहरी नियन्त्रणमा लिई राजश्वमा कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ । गाडी कुन नाका वा भन्सारबाट नेपाल भित्रएको छ भन्ने चासोको विषय बनेको छ ।

सोफी रक्सीले भरिएको गाडी नेपालबाट भारत लैजादै गर्दा बाटोमा प्रहरीलाई हेर्नसाथ गाडी छाडी उनीहरु भागेका थिए । विना प्रक्रिया नै सरकारी कार्यालयमा गाडी राख्नाले अनेकै शंका उब्जाएको छ । कहिकतै गाडी चोरिको त होईन ?
हुलाक कार्यालयबाट सम्पर्क गर्न खोज्दा यो गाडी आन्तरिक राजश्वको मातहतबाट यहाँ राखिएको जनाएको छ । राजश्व कार्यालयसँग सम्पर्क गर्दा गाडी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *