मुलुक डेस्क, काठमाडौं । २०७९ पौष ०५, मंगलवार

काठमाडौंको मुटु नयाँ बानेश्वरमा अवस्थित प्रसिद्ध पाँच तारे होटल “एभरेष्ट होटल”ले सस्तो प्याकेजसहितको ‘एभरेष्ट डेकेशन’ योजना ल्याएको छ। योजनामा कोठामा ५० र खानामा १० प्रतिशत छुट पाउने होटलले जनाएको छ।

होटलले दिउँसोको समयमा कोठा ५ हजार रुपैयाँमा दिनेछ। ‘हामीले उपत्यका बाहिरबाट काठमाडौं घुम्न आउने र स्थानीयलाई लक्षित गर्दै यो योजना ल्याएका हौं,’ होटलका महाप्रवन्धक आशिष चलुको भनाइ छ ।

उनका अनुसार दिँवा समयका लागि पाहुनाले यो योजना अन्तर्गतको आठ घण्टा सेवा लिन सक्नेछन्। पाहुनाको माग अनुसार लागु गरेको यो योजना सीमित अवधिका लागि ल्याएको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *