मुलुक डेस्क, काठमाडौं । २०७९ पौष ०१, शुक्रवार

किसानको समस्याप्रति नेपाल सरकार गम्भीर नहुनु चिन्ताजनक विषय रहेको मधेशी आयोगले निष्कर्ष निकालेको छ | आयोगले एक प्रेस विज्ञप्ति निकाल्दै मङ्सिरको अन्तिम समयसम्म पनि किसानको धान सरकारका सरोकारवाला निकायहरुले खरिद नगर्नु नकारात्मक पक्ष रहेको बताएको छ |

सरकारले धानको मुल्य निर्धारण गरे पनि खरिद नगर्दा किसानहरुले बिचौलिया लाई कम मुल्यमा बाध्यात्मक रुपमा बेच्नुपरेको कुरा गम्भीर र जटिल समस्या रहेको समेत प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ |

आयोगले विगतको दिनमा पनि किसानहरुले मल र खाद्दको लागि आन्दोलन गर्नुपरेको बताउदै अबको दिनमा यस्ता समस्याहरुलाई सरकारले अलगै संयन्त्र बनाइ समस्या समाधान हुने गरी काम गर्न सम्बन्धित सबै पक्षलाई ध्यानकर्षण गराएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *