मुलुक डेस्क, महोत्तरी । २०७९ मंसिर १०, शनिवार

श्री मुन्सिफ मा.वि. साँढामा नव निर्मित भवनको उदघाटन मंसिर ९ गते शुक्रबारका दिन मनराशिसवा नगरपालिकाका मेयर मोहन पाण्डेय र निवर्तमान मेयर संजय कुमार सिंहलेको सँयुक्त रुपमा गरेका छन् ।

महोत्तरीको मनराशिसवा नगरपालिका ४, साढाँ स्थित श्री मुन्सिफ मा. वि. मा नयाँ भवनको शिलान्यास मंसिर १३ गते सोमवार तत्कालीन मेयर संजय कुमार सिंहले गरेका थिए । २०११ सालमा स्थापना भएको यस विद्यालयमा नगरपालिकाको सहयोगमा ४ कोठाको दुई तल्ले भवनको निर्माण सम्पन्न भइ उद्घाटन भएको हो।

यश क्षेत्रको शिक्षाको विकासमा यो मुन्सिफ मा. वि. ले विगत ७ दशकदेखि योगदान पुर्याउदै आएको विद्यालयका प्रधानाध्यापक मदन कुमार सिंह बताए । भवन निर्माणसंगै भविष्यमा थप सुबिधासाथ अध्यापन हुने पनि उनले बताए ।

राष्ट्रिय योजना आयोगद्वारा स्थानीय निकायको विकासका लागि नगरपालिका लाई दिइएको बजेटवाट उक्त भवनको निर्माण भएको जानकारी नगरपालिका इन्जिनियर राकेश कुमार पाण्डेले बताए ।

८३ लाखको कुल बजेटमध्ये ८२ लाख ९६ हजारको लागतमा भवन निर्माण गर्नुपर्ने सम्झौता भएपनि ठेकेदारले नियमन कम ठेक्का अन्तर्गत उक्त भवन ४४ लाख ३३ हजार ९ सय ८४ मा सम्पन्न गरेकाे हाे । सर्लाहीको नमो निर्माण सेवा कम्पनीले यो सम्झौता अनुरुप २०७९ असार १५ सम्म उक्त निर्माण कार्य सम्पन्न गर्ने भनिए पनि स्थानीय चुनाव २०७९ तथा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव २०७९ को कारण केहि ढिलो गरि सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *