मुलुक डेस्क, जनकपुरधाम । २०७९ कार्तिक ०१, मंगलवार

पत्रकार सुजीतकुमार झाले ५ वटा पुस्तकको मैथिली भाषामा अनुवाद गरेका छन । विद्यालय जानवाट बञ्चित तथा बीचैमा विद्यालय छाडेका किशोरीहरुलाई पढाउन स्ट्रिट चाइल्ड अफ नेपालको सहयोगमा जानकी महिला जागरण समाज जनकपुरधामले ‘जीवन उपयोगी शिक्षा सहजीकरण पुस्तिका’ भनेर ५ वटा पुस्तक प्रकाशित गरेको छ ।

नेपाली भाषावाट मैथिलीमा अनुवाद गरिएको यो पुस्तक केहीदिनमै धनुषा र महोत्तरी जिल्लाका किशोरीहरुलाई पढाइनेछ । मैथिली, समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका पत्रकार झा तीन दशकदेखि पत्रकारितामा सक्रिय रहेका छन ।

पत्रकार झाको यो सहित १५ वटा पुस्तक प्रकाशित रहेको छ । अनुवादमा ६ वटाका साथै अन्य ९ वटा साहित्यका पुस्तकहरु रहेको छ । वालकथा संग्रह ‘कोइली घूरि आउ’, ‘तितलीसंग दोस लगाएब’, कथा संग्रह ‘चिड़ै’, ‘जिद्दी’, ‘बुलबुल’, ‘खजुरीबाली’, ‘गन्ध’, रिपोताजहरुको संग्रह ‘रिपोटर डायरी’का साथै अनुसन्धानमूलक पुस्तक ‘पुनि पुनि होत विवाह’ रहेको छ । नेपालीबाट यसअघि ‘बान्हल हाथसभ’ पनि मैथिलीमा अनुवाद गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *