मुलुक डेस्क, महोत्तरी । २०७९ असोज २१, शुक्रवार

वडादशैं लगतै पर्ने महावीर झंडासगैं शुभ दीपावली तथा छठ पर्वको अवसर पारेर राजपुत समाज नेपालले मनराशिसवा नगरपालिका वडा नं. २ कट्टीमा अवस्थित श्री नेपाल कुलदीप निम्नमाध्यमिक विद्यालयमा शुभकामना साटासाट कार्यक्रम गरेको छ ।

क्षत्रिय कुलमा जन्मेका राजपुत समाजको एकता, उन्नति र सहकार्यको भावनाले यो कार्यक्रम गरेको बताउँछन् समाजका अध्यक्ष विजयकुमार सिंह । झंडाकाे पावन अवसरमा यो कार्यक्रमले सम्पुर्ण राजपुत समाजमा आशाको सञ्चार प्रबाह भएको सहभागी समाजसेवी एवं नेता संजयकुमार सिंहले बताए ।

उक्त कार्यक्रममा मनरा, कट्टी, भोलही र साँढाका राजपुतहरुको उपस्थिति रहेको थियोे । विभिन्न पेशासंग सम्बन्धित चार गाउँबाट करिब २ सय जनाको सहभागिता रहेको कार्यक्रमका संचालक एवं समाजका महासचिव संजीव सिंहले बताए । सिंहका अनुसार समाजको अन्य उदेश्य प्राप्तिसंगै सिंह भवन निर्माण, जिल्लास्तरीय संगठन निर्माण तथा धरोहर एवं संस्कृतिको संरक्षण र सम्वर्धन गर्ने योजना रहेको छ ।

शुभकामना साटासाट कार्यक्रममा समाजका कोषाध्यक्ष राकेशकुमार सिंहका अनुसार, “समाजको चौतर्फी विकास लगायत सहयोग र संगठन विस्तार तथा स-सना क्षेत्रिय संघसंगठनलाई एकै नाम र झण्डा मातहत ल्याउने प्रमुख लक्ष्य रहेकोे बताए।” सम्वाद र सहकार्यको यस कार्यक्रममा पतंजली याेगपिठ नेपालका ट्रष्टी ई. शालिग्राम सिंह, मनराशिसवा नगरपालिकाका पुर्वमेयर संजयकुमार सिंह, वडा अध्यक्ष नरेशकुमार सिंह, पुर्व वडाअध्यक्ष बिनोदकुमार सिंह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार सिंह, मुकुन्दकुमार सिंह, शम्भु सिंह, मानिष सिंह, अनिल सिंह सहितले आ-आफ्नो मन्तव्य व्यक्त गरेको थियोे ।

कार्यक्रममा पुर्व शिक्षक सितारमण सिंह, अरुण सिंह, नरेन्द्र सिंह, मुकुन्दकुमार सिंह, चितरन्जनप्रसाद सिंह, नवीन सिंह, अमोदकुमार सिंह, गौरीशंकर सिंह, रघुवंशकुमार सिंह, केशरी किशोर सिंह, डि. के सिंह, रमन सिंह सहित अन्य राजपुताना वावुसाहेबहरुको उपस्थिति रहेको थियोे । छोटाे समयमा तय भएको कार्यक्रममा अधिकांस राजपुतलाई समेटन नपाएकोमा आयोजकले अबका दिनमा सवैलाई समेटदै लानेमा आशावादी रहेको र निरन्तर यस्तो कार्यक्रम गर्दै जाने प्रतिबद्धता प्रकट गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *