मुलुक डेस्क वीरगंज | २०७९ भाद्र ३० गते विहीबार

जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । वीरगंजको भिवा भिस्वा होटलमा सम्पन्न उक्त सभाका अध्यक्षता जय लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नगनारायण सिहल गरेका थिए । भाद्र २९ गते बुधार सम्पन्न उक्त कार्यक्रम अषाढ मसनान्तसम्मको शेयर पूंजी एक करोड २२ लाखमाथिको प्रतिवेदनमा मार्फत सार्वजनिक गरिएको छ ।

जय लक्ष्मी वचतले आफ्नो नामसंगै कर्जा तथा सापट अन्तर्गत २७ करोड़ ३७ लाख २० हजार ५६७ लगानी गरेको सार्वजनिक गरिएको प्रतिवेदन मार्फत जनाइएको छ । कूल कारोबार ३३ करोड ९० लाख ८० हजार ४०२ रुपैया रहेको बार्षिक प्रतिवेदनमा उल्लेख रहेको छ । गत वर्षभन्दा ८ करोड बढीको कारोबार गरेको संस्थाका वरिष्ठ कर्मचारी विवेक सिंहले बताए ।

वीरगंजको मुटु घण्टाघरमा अवस्थित यो संस्थाको प्रसिद्धीसंगै कारोबार पनि फैलिदो र बढदो रहेकोमा संस्थाको अध्यक्ष नगनारायण सिंहले आप्mनो मनतब्यमा प्रष्ट पारेकाथिए । सभामा प्रमुख अतिथिको रुपमा जिल्ला बचत तणा ऋण सहकारी संघका अध्यक्ष राजेश पंडित रहेका थिए । यसैगरी अतिथिको रुपमा सुनिल कणर्, शम्भूप्रसाद गुप्ता लगायत रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य डा. सद्धाम हुसैन अंसारीले व्यक्त गरेका थिए भने उदघोषण संजय कुमार झाले गरेका भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *