मुलुक डेस्क, काठमाडौं । २०७९ श्रावण १२, बिहिवार

विश्व प्रसिद्ध धार्मिकस्थल पशुपतिनाथ मन्दिर वरपर संखुवासभाबाट ल्याइएको रुदाक्षका बिरुवा रोपिएको छ । प्रशस्त मात्रामा रुद्राक्ष उत्पादन हुने नेपालको संखुवासभा रुद्राक्षको ठाँउ भनेर प्रसिद्ध छ् ।

खाँदबारी नगरपालिका, काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषको संयुक्त अभियानमा पशुपति क्षेत्रभित्र बिहिवार रुद्राक्षको वृक्षारोपण गरिएको हो ।

पशुपति क्षेत्र विकास कोषका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले संयुक्तरुपमा वृक्षारोपण गरेका हुन् ।

पशुपति क्षेत्रभित्रका लागि खाँदबारी नगरपालिकाले एक लाख रुद्राक्षका बिरुवा उपलब्ध गराउने थपलियाले बताए । खाँदबारीका प्रमुख थपलिया र काठमाडौं महानगरका प्रमुख साहबीच भेटघाटपछि एकआपसमा सहकार्य गरी अगाडि बढ्ने सहमति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *