मुलुक डेस्क, काठमाडौं । २०७९ श्रावण ०६, शुक्रवार

नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) लाई नेपाल राष्ट्र बैंकले मर्जरमा लैजाने परिकल्पना गरेको छ । राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै निफ्रालाई मर्जरमा जान प्रोत्साहन गरिने बताएको हो ।

विशेषगरी, निफ्राको लगानी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मर्जरमा जान प्रोत्साहन गरिने मौद्रिक नीतिमा उल्लेख छ । पूर्वाधार क्षेत्रमै लगानी गर्ने गरी सञ्चालित अन्य कम्पनी तथा वित्तीय संस्थासँग मर्जरमार्फत चुक्ता पुँजी वृद्धि गर्न प्रोत्साहित गरिने नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए ।

नेपालमा पूर्वाधारमा लगानी गर्ने हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)लगायतका नगन्री कम्पनीले पूर्वाधारमा लगानी गर्दै आएका छन् । त्यस्तै, प्रकृतिका कम्पनीसँग निफ्रालाई मर्जरमा जान प्रोत्साहन गरिने राष्ट्र बैंकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *