मुलुक डेस्क, काठमाडौं । २०७९ श्रावण ०५, बिहिवार

यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी द्रौपती मुर्मू भारतको १५ औं राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

भारतको राष्ट्रपति चुुन्ने इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मत हुन्छ । जितका लागि ५ लाख ४३ हजार १२६ मत चाहिन्छ । तेस्रो राउण्डमा मुर्मूले ५ लाख ७७ हजार मत कटाएकी थिइन् ।

झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी ६४ वर्षीय मुर्मू पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति बनेकी छन् । उनले २५ जुलाईमा राष्ट्रपतिको सपथ लिनेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *