मुलुक डेस्क, काठमाडौं । २०७८ श्रावण ०३, मंगलवार

महोत्तरीको गौशाला ५ स्थित जाल्पा मन्दिरको पछाडि मंगलबार बिहान ८ बजे एक व्यक्तिको शव फेला परेको छ ।नगरपालिकाले बनाएको ट्रष्ट भवनमा बस्दै आएका सम्सी गाउँपालिका ५ बस्ने ६५ वर्षका जिवछ मल्लिक डोम मृत भेटिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय गौशालाबाट गएको प्रहरी टोलीले मुचुल्का उठाएर मल्लिकको शव पोस्टमार्टमका लागि जलेश्वर अस्पताल पठाएको महोत्तरी प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता विष्टले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *