मुलुक डेस्क, काठमाडौं । २०७९ श्रावण ०३, मंगलवार

मधेशी आयोगले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा आयोगको शुन्य प्रतिशत बेरुजु कायम भई आयोगलाई सर्वोत्कृष्ट बनाउन महत्वपूर्ण भूमिका खेलेका आयोगका वर्तमान तथा पुर्व कर्मचारीहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।

आयोगमा आयोजित एक विशेष कार्यक्रमबीच आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले आयोगका पुर्व सचिवहरु दिपेन्द्र काफ्ले, भुवनहरी अर्याल र लोकनाथ पौड्याल तथा पुर्व लेखा प्रमुख रमेश पाण्डे लाई नगद पन्ध्र हजार पुरस्कार र गम्छा ओढाई सम्मान गरेका हुन । अध्यक्ष डा. दत्तले आयोगको नियामानुसार र कानुनको अक्षरस: पालना गरी आयोगले पाएको बजेटलाई सदुपयोग गर्न सहयोग गरेको कर्मचारीहरुलाई धन्यवाद दिएका छन । अध्यक्ष डा.दत्तले मधेशी आयोग सर्वोत्कृष्ट भएर नेपालमा आर्थिक नियमितताको उदाहरण समेत बनेको बताए ।

बेरुजु फर्छ्यौट अनुगमन समितिले आयोगलाई पत्र लेखेर मधेशी आयोगको आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को लेखापरीक्षणबाट शुन्य प्रतिशत बेरुजु कायम भई दुवै लक्ष्य प्राप्त गरी “सर्वोत्कृष्ट” भएकोमा विशेष धन्यवाद ज्ञापन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *