मुलुक डेस्क, काठमाडौं । २०७९ असार २५, शनिवार

नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात शुरु भएको छ । पश्चिम नवलपरासीको सुनवल ७ मा रहेको पाल्पा सिमेन्टले स्थापनाको चार बर्षमै शुक्रबार एक समारोहकबीच तानसेन सिमेन्ट भारततर्फ निकासी गरेको हो ।

नेपाल आयत गर्ने देशको सुचीमा रहेपनि सिमेन्टमा आत्मनिर्भर भइ भारततर्फ निर्यात गर्नु ठुलो उपलब्धी भएको सुनवल नगरपालिकाकी नगर प्रमुख विमला अर्यालको भनाइ छ । हाल नेपालमा ५० भन्दा धेरै सिमेन्ट उद्योगहरु संचालमा रहेका छन् । जसमध्ये पाल्पा सिमेन्ट इन्डष्ट्रीज सहित १५ ओटा सिमेन्ट उद्योगले सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएका छन् । नेपालमा सिमेन्ट उद्योगहरुको वार्षिक उत्पादन क्षमता करिव २ करोड २० लाख टन रहेको विभिन्न तथ्यांकले देखाएको छ । अहिले सिमेन्ट निर्यात गर्नसके १५ प्रतिशत व्यापारघाटा कम हुने सिमेन्टका कार्यकारी निर्देशक शेखर अग्रवालको भनाइ छ ।

भारतीय बजारमा ओपीसीभन्दा पीपीसी सिमेन्ट बढी चल्ने र माग हुने उहाको भनाइ छ । पाल्पा माथागढी ७ रहबासमा आफुहरुको आफ्नै चुनढुंगा खानी रहेको जानकारी दिए । उनले प्रर्याप्त बिद्युत,कच्चा पदार्थ दक्ष प्राविधिकको अभाव,अल्पकालीन नीति नियम,आर्थिक समस्या ,अप्रत्यक्ष कर र रोयल्टीका कारण समस्या भैरहेको गुनासो सुनाए ।

पाल्पा सिमेन्ट इन्डष्ट्रीजले दैनिक १ हजार ८ सय टन क्लिकर र करिब ३ हजार टन सिमेन्ट (जडित क्षमता का आधारमा ) उत्पादन गर्दै रहेको छ । शुक्रबार नेपाली बजारमा तानेसेन सिमेन्ट ४६५ रुपैंया र ५६५ रुपैंया रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *