मुलुक डेस्क, काठमाडौं । २०७९ असार २४, शुक्रवार

काठमाडौं महानगरपालिकाको बजेट
शुक्रबार राष्ट्रिय सभा गृहमा बसेको ११ ‌‍‍औं नगरसभाको छैठौं बैठकले आर्थिक वर्ष २०७९/८० को बजेट सर्वसम्मत पारित गरेको हो।

असार १० गते काठमाडौ महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट पेश गरेको थियो। पेश भएको बजेट तीन पटक छलफल भएको थियो। तीन चरण छलफल भएको बजेट संशोधन गरी शुक्रबार सर्वसम्मत पारित भएको हो।

बैठकमा नगरसभा सदस्यले बजेटमा दलित शब्द हटेको र दलित शब्द राख्न अनुरोध समेत गरेक‍ा छन्। यस्तै फोहोर नउठ्दा वडा बासीले फोहोर किन नउठेको भन्दा आफूसँग जवाफ नरहेको र त्यसबारे महानगरले जवाफ दिनुपर्ने बताइएको थियो। महानगरका वडामा धेरै काम गर्नुपर्दा जनशक्तिको माग वडाअध्यक्षहरुले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *