मुलुक डेस्क, काठमाडौं । २०७९ असार ०९, बिहिवार

काठमाडौँ महानगरपालिकाले साउन ०१ गतेदेखि फोहोर घरबाटै छुट्याउन महानगरबासीलाई आग्रह गरेको छ ।

२०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौँ महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनको व्यवस्था कार्यान्वयन साउन ०१ गतेबाट कार्यान्वयन गर्ने गरी अनुरोध गरेको छ ।

ऐनमा फोहोरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ । यसरी छुट्याइएको फोहोर महानगरले छुट्टाछुट्टै दिनमा संकलन गर्नेछ । उत्पादकले फोहोर संकलकलाई मिसिएको फोहोर दिए एक पटकमा ५ सय रुपैयाँ जरिवाना गर्न सक्ने कानुनी प्रबन्ध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *