कृष्ण सिंह, सर्लाही । २०७९ असार ०८, बुधवार

सर्लाहीको अगर्बामा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ । सोमबार राती कविलासी नगरपालिका-८ अगर्वाका २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या भएको हो ।

धारिलो हतियार प्रयोग गरी घाँटी रेटिएको अवस्थामा ठाकुरको शव फेला परेको प्रहरीले जनाएको छ । अगर्वा चोकभन्दा २ सय मिटर पश्चिममा रहेको बाँसबारीनजिक रगतले लतपतिएको अवस्थामा शव देखेपछि मंगलबार बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बुवा र भाइ मिलेर अगर्वा चोकमा फर्निचर पसल सञ्चालन गर्दै आएका ठाकुर सोमबार रातिदेखि लापता भएको थियोे ।

युवकको हत्यापश्चात प्रदेश प्रहरीबाट तालिमप्राप्त कुकुर झिकाइएको थियो तर कुकुर घटनास्थलबाट सलेमपुर चोकमा पुगेर रोकिएको थियो । ठाकुरको शव पोस्टमर्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ । ठाकुरको हत्याको अनुसन्धान भइरहेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *