मुलुक डेस्क, काठमाडौं । २०७९ असार ०६, सोमवार

मधेशी आयोग र राजपुत समाजबीच राजपुत जाति समुदायको थर सम्बन्धि बृहत छलफल आयोगको सभाकक्षमा आज सम्पन्न भएको छ ।

नेपाल सरकारको लोकप्रिय एवं अर्थपुर्ण आयोग ‘मधेशी आयोग’ ले बिगत तीन वर्षको अध्ययन, अनुसन्धान तथा विज्ञको सहकार्यमा थर सुचिकरण गर्ने कार्यलाई अन्तिम स्वरुप दिएको छ् । जस अन्तर्गत राजपुत समाजका प्रतिनिधि, बिज्ञ र आयोगबीच बृहत छलफल भइ राजपुतको थर सम्बन्धि टुंगोमा पुगेको जानकारी आयोगका सचिब अंजनी कुमार मिश्रले प्रष्ट पारे ।

तराई मधेशको ईतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण, सम्बर्द्धन तथा मधेशी समुदायको सशक्तीकरण गर्नको लागी स्थापित मधेशी आयोगको ऐन, २०७४ को दफा ७ (ड) बमोजिम मधेशी समुदायको पहिचानको सम्बन्धमा अध्ययन र अनुसंधान गरी बिद्यमान द्वितीय तध्याङ्कलाई आधारमानी थर सुचिकृत गर्ने कार्य अन्तर्गत अन्तिम खाका तयार पारिएको आयोगका विज्ञ एवं अनुसन्धानकर्ता दीपक कुमार गुप्ताले जनाएका हुन । नेपालभर बसोबास गर्दै आएका मधेशी समुदाय अन्तर्गत पर्ने जातजातीमा प्रयोग हुने र प्रचलनमा रहेको थरहरुको बिबरणको संकलन प्रतिवेदनकाे अंतिम खाकामा राजपुत थर सम्बन्धि संशाेधित निर्णायक एवं सार्थक निर्णय भएको समेत विज्ञ गुप्ताले जनाए ।

मधेशी आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले राजपुतको थर सम्बन्धि आजको बहस निर्णायक भएको र आयोगले अन्तिम प्रतिवेदन तयार पार्दा सो विषयवस्तु समेटेर तयार पार्ने तथा भविष्यमा समाज र सरोकारवालासंग सहकार्य गरी अघि बढने बताए । यधपी अध्यक्ष दत्तले प्रष्ट पार्दै भने, थर सूचीकरण अध्ययन र अनुसन्धानका लागि भविसष्यमा थप गहिरिएर स्थानीय तह तहमा गएर यो कार्यलाई निरन्तरता तथा प्रमाणीकरण पनि गर्नेछाै।”

राजपुत सामाज नेपालका अध्यक्ष बिजयकुमार सिंहका अनुसार मुल रुपमा राजपुत भनेको क्षत्रिय हो र यसक लेखिने थर सिंह हो । राजपुतले जनता र राष्ट्रको हित एवं सुरक्षार्थ परापुर्व कालदेखि नै लडदै आएकोले सार्य, तेज र शक्तिको रुपमा यो उपाधी पाएको हो । जुन पछि आएर थरको रुपमा प्रचलनमा आएको हो । र यो उपाधी आज थरकै रुपमा तराईमा महतो, कोइरी, राजधोब, यादव, थारू, भुमिहारले लेख्न थालेको पाइन्छ । यसैगरि पहाडमा पनि नेवार, मगर, ठकुरी सहितले सिंह थर लेख्ने गरेको पाइन्छ ।

मधेशी आयोगका सदस्य आभासेतु सिंहका अनुसार, “आयोग भनेको सरकार र जनताबीच सेतुको काम गर्ने निकाय हो । आयोगले सहजकर्ता को भुमिका स्वरुप जनता र सरकारकोबीचमा कार्य गर्ने हो। कुनै पनि जात र समुदायको थर नछुटाेस र राज्यले दिएको हक, अधिकार र सुबिधाबाट बन्चित हुन नपरोस् भन्ने अभिप्रायले आयोगले कार्य गरिरहेको बताइन् ।” यसैगरी आयोगकी सदस्य रेणुकुमारी साहको अनुसार थर सूचीकरण गर्दा सबै तथ्य, अनुसन्धान सहित जातीय संघसंगठनको सहकार्यमा निर्णय गर्दा ठाेस र उपलब्धिमुलक हुने बताइन् ।

राजपुत समाज, बिज्ञ र आयोगबीच भएको अध्ययन एवं अनुसन्धान तथा छलफलबाट नेपाल राज्यभर राजपुत जाति समुदायको बीच प्रचलनमा रहेको थरहरु ”सिंह, शाह, चौहान, कुँवर र राणा” रहेको ठहर सहितको निर्णय आजको बैठकबाट पारित गरिएको समाजका महासचिव संजीव सिंहले प्रष्ट पारे । उनका अनुसार समाज वा आयोगले आफ्नो खोज अनुसन्धानको क्रममा यो जातिको अन्य थर प्रमाणिक रुपमा फेला परेमा सुचिकृतको लागि जानकारी गराउनेछ ।

आजको बैठकको अध्यक्षता आयोगको अध्यक्ष डा. विजय कुमार दत्तले गरेको थियोे भने सदस्यहरु जिवछ साह, रेणुकुमारी साह, आभासेतु सिंह, सचिव अंजन कुमार मिश्र, रमेश दास, बिज्ञ दीपक गुप्ता सहित आयोगका कर्मचारी एवं राजपुत समाज नेपालका तर्फबाट अध्यक्ष बिजयकुमार सिंह, उपाध्यक्ष उमेशकुमार सिंह, महासचिव संजीव सिंह, कोषाध्यक्ष राकेशकुमार सिंह, सदस्य रन्जित सिंह र जंग बहादुर सिंहको उपस्तिथि रहेकोे थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *