मुलुक डेस्क, काठमाडौं । २०७९ असार ०५, आइतवार

प्रियंका रानी जोशी मिस नेपाल वर्ल्ड २०२२ को उपाधी जितेकी छ्न । मिस नेपालका लागि देशभरबाट ८ सय युवतीले आवेदन दिएका थिए। जसमध्ये १९६ जनाले अडिसन दिएका थिए। जसबाट २४ जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।

यसैगरी प्रतियोगितामा मिस नेपाल अर्थको उपाधी डा. सरिशा श्रेष्ठ, मिस नेपाल ईन्टरनेसनलको उपाधी नैन्सि खडका, ब्युटी विथ अ पर्पोजको उपाधी स्मारिका शर्माले जित्न सफल भइन ।

ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको अन्तिम प्रतियोगिता हिडन ट्रेजरले आयोजना गरेको हो। कोरोना महामारीका कारण गत वर्ष यो प्रतियोगिता भएको थिएन। त्यसैले जोशीलाई २०२० की मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *