मुलुक डेस्क, काठमाडौं । २०७९ असार ०१, बुधवार

कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाएको आज (बुधबार) प्रतिनिधि सभाको बैठकमा बताएका हुन् ।

मन्त्री कोइरालाले नै यो कानुनी व्यवस्था वैज्ञानिक नभएको बताए । त्यसैले मन्त्रालयले त्यसमा पुनरावलोकनको गृहकार्य थालिसकेको उनले उक्त बैठकमा जानकारी दिए ।

‘१६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ, बिहे गर्न २० वर्ष कुर्नुपर्छ । बिहे गर्न २० वर्ष कुर्नुपर्ने अवस्था कुनै पनि स्ट्याण्डर्डले देखाउँदैन,’ मन्त्री कोइरालाले भने, ‘यसले बरु अपराध बढाउने काम भइराछ । बाल विवाहमा सजायँ भइराछ । त्यसैले यसमा रिभ्यू गर्नुपर्छ । कानुन मन्त्रालयले रिभ्युको प्रोसेस थालिसकेको व्यहोरा म अनुरोध गर्न चाहन्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *