मुलुक डेस्क, महोत्तरी । २०७९ जेष्ठ ३१, मंगलवार

महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. १, मनरा बजार मै नेपाल विद्युत प्राधिकरणको तीन दशक पुरानो ११ केभिको प्रशारण लाइनमा रहेको विद्युत ट्रान्सफर्मर आज दिउँसो ३ फिट माथी सारिएको छ । करिब दस दिन अगाडि मुलुक टाइम्सले यो सम्वन्धी समाचार प्रकाशित गरेको थियो । तत्पश्चात नेपाल विद्युत प्राधिकरण मधेश प्रदेशको प्रमुख मुनिन्द्र ठाकुर, ठेकेदार ललन सिंह र मेयर मोहन पान्डेयको ध्यानाकर्षण भएको थियोे ।

तत्कालको लागि विद्युत ट्रान्सफर्मर माथी सारेर सुरक्षित पारिएको जानकारी प्राधिकरणका प्राबिधिक गोविन्द सिंहले जनाए । दीर्घकालीन सुरक्षार्थ यो विद्युत ट्रान्सफर्मरलाई आवस्यक ठाँउ हेरि केहि दिनमै स्थानान्तरण गर्ने जानकारी पनि नेविप्रा प्रदेश प्रमुख (निर्देशक) ठाकुरले प्रष्ट पारे । सेवाग्राहीको लागि भैपरी आउने हरेक कार्यमा प्राधिकरणले यथासक्ये सहयोग र सहकार्य पनि उनले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *