मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ २८, शनिवार

महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. २, भोल्हीमा निर्माणाधिन सडकको प्रमुख माेडमै केही स्थानीयको हठी, प्रतिनिधि र प्रशासनको लापरबाहीले आवतजावतमा जाम र सर्वसाधारणको ज्यान खतरामा रहेको छ । प्रसिद्ध धार्मिक तिर्थस्थल पडाैल जाने बाटो यहि भएको र यो सडकको मोडमै ऐतिहासिक सिद्ध कारिक बाबाको थान(स्थान) भएकोले पनि यस सडकखण्डको महत्त्व अझ बढेको देखिन्छ । यो वरिपरिका गाउँले लगायत भारताका श्रद्धालुको पडाैल र जनकपुर आवतजावत गर्न प्रमुख बाटो पनि हो ।

संघीय सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत हुलाकी राजमार्गको जनकपुर-सरपल्लो-भोल्ही-पोखरभिण्डा सडकखण्डमा पर्ने भोल्हीको मुखैमा अवस्थित चौकमा सडक वरिपरि अतिक्रमण गरिएकोले दिनहुँ जाम र सर्वसाधारण मारमा परेका छन । कुल २० किलोमीटर सडकखण्ड रहेको यो आयोजनाको निर्माण विगत ५ वर्षदेखि भइरहेकोे हो । कोरोना कालमा निर्माण हुन नसकेकोले समयावधि थप भएको जानकारी योजना प्रमुख कृष्ण कुमार महतोले मुलुक टाइम्ससंग्को सम्वादमा जनाएका हुन् । भोल्ही बाबा चौकको सडकका लागि स्थानीय जनता, प्रतिनिधि, वडाअध्यक्ष, मेयर र प्रशासनले समन्वय र सहजीकरण गरे असार मसान्तसम्म निर्माण गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छ्न ।

करिब ८० प्रतिशत भौतिक प्रगति सम्पन्न भएको यो सडकखण्डमा जम्माजम्मी बढीमा ५ किलोमीटर सडक निर्माण हुन बाँकी रहेको साइट इन्जिनियर बेचन भण्डारीले बताए । भ्याट सहित कुल १ अर्व १७ करोडको लागतमा निर्माणाधिन यो सडकको ठेक्का कालिका रमण जेभी कन्स्ट्रक्सनले लिएको छ। यो सडकखण्डमा पोखरभिण्डामा करिब १ किमि, सरपल्लोमा १ किमि, बलवामा १ किमि, भोल्हीमा ०.५ किमि, अन्य ठाँउमा करिब १ किमि गरि लगभग ५ किमि कार्य सम्पन्न हुन मात्र बाकि रहेको इन्जिनियर भण्डारीले बताए । यधपी
भोल्ही मोडको कार्य स्थानीयले चाँडै निदान गरेमा निर्माणको कार्य १/२ दिनमै शुरु गर्ने भण्डारीले प्रष्ट पारे ।

वडाअध्यक्ष नरेश कुमार सिंहले पनि स्थानीयसहित जनप्रतिनिधि र मेयरसंग समन्वयन गरि छिटोभन्दा छिटो यसको निदान गर्ने बताएका छ्न । यसैगरी मेयरले पनि मुलुक टाइम्ससंग कुरा गर्दै सकेसम्म १/२ दिनमै सबैपक्षलाई समन्वयन गराई निर्विवाद रुमपा सडक बन्ने कार्यमा पुर्ण पहल गर्ने जनाएका छन । उनका अनुसार १/२ परिवार बाहेक लगभग सबै बाटाे बिस्तारको समर्थनमा रहेकोले उनलाई पनि सहमतिमा ल्याएर कार्य हुनेमा मेयर मोहन पान्डेय ढुक्क रहेका छ्न । कारण यो ठाँउ मेयरको आफनै गाउँ पनि हो ।

विवादास्पद बाटो सडक मापदण्डअनुसार ४२.८ फिट चौडाईको रहेको छ तर भोल्हीको बाबा मोड छेउछाउमा जम्मा १५ फिट चौडाई रहेको छ । काँग्रेस मनराशिसवा नगर सभापति सन्जिव कुमार यादव सहित, बथ्हा यादव, वावुजी राय यादव, बलिराम ठाकुर र राम किशोर यादवको जग्गा बाटाेमा पर्ने भएको छ । जसमध्ये राम किशोर यादव बाहेक सबै राजी भैसकेको स्थानीय स्रोतले जनाएको छ । नगरसभापती सन्जिवका अनुसार बाटो बिस्तार भएर बन्नुमा हामीलगायत सबैको लागि बिकासको मुहान खुल्नु हो । तसर्थ सबैलाई बाटो निर्माणमा सहयोग गर्न आव्हान समेत गरेका छन ।

स्थानीय युवा सतिश कुमार सिंहका अनुसार बाटो बनाउन सवै पक्षले मार्ग प्रशस्त पार्न जरुरी छ । विशेषगरि वडाअध्यक्ष र मेयरले यसमा प्रमुख भुमिका खेल्नु पर्नेमा जोड दिए । राम्रो र बिकासको कार्यको लागि सर्वपक्षीय सहमतिसंगै प्रशासन एवं प्रहरीको साथ लिएर अगाडि बढनु पर्ने सुझाव उनको रहेको छ । अवरोध कार्यलाई गति दिन विरोधमा रहेको लाई सम्झाई बुझाई मुआब्जा सहित मार्ग प्रशस्त गर्न आफूहरु तयार रहेको वडा १ मनराका बुद्धिजीवी ई. प्रमोद कुमार सिंहले बताए । समग्रमा जहाँ बाटो त्यहाँ निकास र बिकास भएकोले स्थानीय, प्रशासन र प्रतिनिधिले सारा अवरोधका वावजुद चाँडै बाटो बन्नेमा आशावादी रहेको स्थानीय नेता सुनिल कुमार यादवको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *