मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ १७, मंगलवार

ललितपुरको गोदावरी नगरपालिका ६ लेले सुन्तली डाँडा रहेको क्रसरसँगै खोचमा सोमबार विहान मृत भेटिएका गोदावरी ११ चापागाँउका विज्ञान देशारको हत्या गरिएकोमा स्थानीयले चापागाँउको सडक बन्द गरेको छ ।

हत्याको सत्यतथ्य बाहिर ल्याई अपराधिलाई कारवाहीको माग गर्दै स्थानीयले चापागाँउ सडक बन्द गरेका छन् । स्थानीयले चापागाँउ सडक बन्द गर्दै नारावारी गरेको छ । देशारलाई गाडीले ठक्कर दिएर हत्या गरिएको हो । हत्यालाई दवाउन षड्यन्त्र भइरहेकोले स्थानीयले सडक बन्द गर्दै विरोध प्रदर्शन गरेका छ्न ।

प्रहरीका अनुसार मृतकको शव वोष्ट मार्टमका लागि पाटन अस्पताल लगिएको छ । महानगरिय प्रहरी बृत्त चापागाँउकाका अनुसार सोमबार विहान ७ बजे गोदावरी ११ चापागाँउका विज्ञान देशार ३ नम्बर प्रदेश०२—००७ प ६३८५ कालो निलो २२० पल्सर (पल्टेको अवस्थामा) सहित मृत अवस्थामा फेला परेका थिए । सहकारीका प्रबन्धक इन्जोल श्रेष्ठका अनुसार उनी प्राकृतिक सहकारीमा बजार प्रतिनिधिका रुपमा काम गर्थे । उनी सहकारीको लेले शाखामा आयोजित कार्यक्रममा भाग लिएर रातको समयमा चापागाँउतर्फ फर्कदै थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *