मुलुक डेस्क, काठमाडौं । २०७९ जेष्ठ ०९, सोमवार

गृह मन्त्रालयको बढुवा समितिको सोमबारको बैठकले गरेको सिफारिस अनुसार नेपाल प्रहरीको इतिहासमा प्रशासन (जनपद) तर्फको पहिलो महिला अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पूजा सिंह बनेकी छन्।

बढुवा सिफारिस समितिको बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पूजा सिंहसँगै ५ जनालाई एआईजीमा बढुवा लागि सिफारिस गरेको छ।सिफारिस भएको एक साताभित्र उनीविरुद्ध कुनै उजुरी नपरे र समितिको सिफारिसलाई मन्त्रिपरिषद्ले सदर गरे नेपाल प्रहरीको इतिहासमा सिंह पहिलो महिला एआईजी बन्नेछिन्। यसअघि पार्वती थापा पहिलो महिला एआईजी बन्ने देखिए पनि सरकारले उनको बढुवा रोकेको थियो। थापा सिनियर हुँदाहुँदै उनलाई छाडेर सरकारले उपेन्द्रकान्त अर्याललाई एआईजी बनाउँदै पछि आईजी बनाएको थियो।

सिनियर हुँदा पनि एआईजी बढुवामा छुटाएको भन्दै त्यसबेला थापा सर्वोच्चमा पुगेकी थिइन्। उनको सेवा अवधि नसकिउन्जेलसम्म सर्वोच्चले मुद्दाको फैसला गरे । सेवा अवधि सकिएपछि सेवा सकिएको कारण देखाउँदै फैसला गरिरहनु पर्ने आवश्यक नरहेको सर्वोच्चले उल्लेख गरेको थियो। नेपाल प्रहरीमा प्राविधिकतर्फ भने यसअघि नै महिला एआईजीको रुपमा डा.आशा सिंह भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *