
संजीव सिंह, महोत्तरी । २०७९ जेष्ठ ०४, बुधवार
महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिकामा कांग्रेसले प्रतिस्पर्धी चुनावमा सानदार जित प्राप्त गरेको छ । नेपाली कांग्रेस मेयरका प्रत्याशी मोहन पाण्डेयले ५८८४ मत र उपमेयर शकुन्तला देवीले ५७४५ मत ल्याएर निर्वाचित भएका छ्न ।
महोत्तरी जिल्लाभर १० नगरपालिका र ५ गाउँपालिका रहेको छ । जसमध्ये यसपटक जनमतको लहर कांग्रेसबीच रहेको नतिजाले देखाएको छ । प्रतिस्पर्धामा कांग्रेससंगै एमाले, जसपा, लोसपा, जनमत पार्टी पनि रहेको छ ।
वडा नं. १ मनरा, वडा नं. २ ईटहर्वाकट्टी-भोल्ही, वडा नं. ३ सोनौल, वडा नं. ४ साढाँ-जावख, वडा नं. ५ कटैया, वडा नं. ६ र ७ सरपल्लो-झिंगास्थान, वडा नं. ८ सहसराम, वडा नं. ९ बथनाहा तथा वडा नं. १० सकरी-मधवा गरि मेयरला लागि खसेको कुल १८९४० सदर मतमध्ये ५८८४ मत सहित नेपाली कांग्रेसको मोहन पाण्डेयले प्राप्त गर्न सफल भए ।
कुल २१,२६८ मत खसेक मनराशिसवा नपाको जनसंख्या ४९,१२६ रहेको छ । कुल मतदाता ३०,२०९ रहेको यो नपामा पुरुष मतदाता संख्या १६,६३८ र महिला मतदाता संख्या १३,५७१ रहेका छन् । कुल १० वडामा २४ मतदान केन्द्र रहेको यो नगरपालिका को क्षेत्रफल ४९.७३वर्ग किमि रहेको छ अर्थात ४,९७८ हेक्टर (७,४६७ बिघा) ।
यसैगरी मेयर र उपमेयरसंगै कांग्रेस वडा नं. २, ३ र १० गरि तीनवटै वडामा प्यानल साहित निर्वाचित हुन सफल भए । वडा नं. १ र ४ मा एमाले, वडा नं. ५ र ७ मा जसपा, वडा नं. ८ मा जनमत पार्टी तथा वडा नं. ६ र ९ मा लोसपा नेपाल विजयी भए । दोस्रो स्थानमा जसपाका मेयर महेन्द्र राय (४९२०) र उपमेयर निर्मलाकुमारी देवी सिंह (४८४२) रहे । निवर्तमान मेयर लोसपाका संजयकुमार सिंह राजपुत २७७२ मतका साथ तेस्रो स्थानमा रहे भने चौथो स्थानमा २३८२ मतकासाथ नेकपा एमालेका राजेन्द्र साह तेली रहे ।
मत परिणामको अन्तिम नातिजा संगै नयाँ मेयरको रुपमा कांग्रेसका युवा नेता मोहन पाण्डेय निर्वाचित र स्थापित समेत भएका छन । ३५ वर्षीय पाण्डेय मनराशिसवा नगरपालिका वडा नं. २ भोलहीका स्थाई बासिन्दा हुन् । विद्यार्थि राजनीतिदेखि कांग्रेसमा सकृय पाण्डेयको छवि अत्यन्तै प्रभावशाली र शालीन एवं लोकप्रिय रहेको छ ।

