राम अधार साह, महोत्तरी । २०७९ बैशाख ०९, शुक्रवार

कोविडका कारण बिगतका दुइ वर्ष नियमित परिक्षा हुन नसकेको एसईई परिक्षा यस पटक भने देशभर प्रत्यक्ष सहभागिताका साथ आजबाट शुरूवात भएको छ । यसपालि परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना सहभागी हुने बोर्डले जनाएको छ । जसमध्ये नियमिततर्फ ४,८८,७४२, प्राविधीकतर्फ १४,५६४ र ग्रेड वृद्धितर्फ ११,४५४ बिद्यार्थीहरु एसईई परिक्षामा सहभागी रहेको परिक्षा बोर्डले जनाएको छ |

देशभरी भइरहेको आजको परिक्षामा महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. १ अवस्थित मनराको श्री दुर्गा माध्यमिक विद्यालयमा सो नगरपालिकाको ५ विद्यालयको ४०५ जना परिक्षार्थीको सेन्टर रहेको प्राधानाध्यपक कुमोद कुमार सिंहले बताए । उनका अनुसार यो विद्यालय नेपाल कै सबभन्दा पुरानो विद्यालयमध्ये एक हो । यसको स्थापना वि. सं. २००२ सालमा भएको थियो ।

सरयुग मा वि सरपल्लो, मुनसिफ मा वि साढाँ, श्री बलिराम मा वि पोखरभिण्डा, सार्वजनिक मा वि गैंढा र सहसरामको गरि ५ विद्यालयको सेन्टर मनराको श्री दुर्गा मा वि मा रहेकोे जानकारी यहि विद्यालयका लेखापाल सुमित कुमार सिंहले बताए । उनका अनुसार “क” र “ख” गरि २ खण्डमा परिक्षा केन्द्रलाई विभाजन गरिएको तथा “क” को केन्द्राध्यक्षको रुपमा कुमोद कुमार सिंह र “ख” को केन्द्राध्यक्षको रुपमा तेज नारायण मिश्र रहेकोे बताए । “क” केन्द्रमा आजको परिक्षामा १०१ क्षात्र र ९७ क्षात्रा गरि कुल १९८ परिक्षार्थी तथा “ख” केन्द्रमा ११२ क्षात्र र ७९ क्षात्रा गरि कुल १९१ परिक्षार्थी सामेल रहेको थियो । यसका साथै बाकी परिक्षार्थी भने अनुपस्थित रहेको थियोे ।

शैक्षिक सत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो । यसपालि बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा दुई वर्ष पहिलेको जस्तै एसईई सञ्चालन भएको बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *