राम अधार साह, महोत्तरी । २०७८ चैत्र २५, बिहीवार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले नगर समिति गठन गर्ने कार्य अन्तर्गत आज महोत्तरीको मनराशिसवा नगरपालिकामा आफ्नो संगठन बिस्तार गरेको छ् ।

आउँदो चुनावको मुखमा हरेक पार्टीले आ-आफ्नो संगठन विस्तार गर्ने क्रम जारी राख्दै गर्दा नेकपा (एकीकृत समाजवादी) ले समेत मनराशिसवा नगरपालिका नगर समिति महोत्तरीको नगर अधिवेशन आज वडा नं. १ मनराको प्रसिद्ध महादेव मंठ मन्दिरको प्राङ्गणमामा सम्पन्न गरेको छ । नेकपा पार्टी (एकीकृत समाजवादी) को आजको कार्यक्रमको अध्यक्षता धनपत साहले गरेका थिए । यसैगरी बिशिष् अतिथिमा केन्द्रीय सदस्य विजय चौधरी, महिला जिल्ला अध्यक्ष रिता भट्टराई, सचिवालय सद्स्य सुरेन्द्र लाल कर्ण, प्रदेश सद्स्य कौशल किशोर साह, राज किशोर साह, जिल्ला समिति सदस्य रमेश सिंह र सुनिल पाण्डेयको सहभागिता रहेको थियोे ।

मनराशिसवा नगरपालिकाका प्रबुद्ध ब्याक्तित्व महेन्द्र प्रसाद सिंह, गोविन्द साह सहित सयौं स्थानीय नेता कार्यकर्ताले सो अवसरमा पार्टी प्रवेश गरेको थियो । कुल २१ सदस्यीय नगर समिती चयन भएकोमा नगर अधिवेशनको संयोजकमा वडा नं. का युवा स्थानीय नेता सुनिल पाण्डेयलाई चुनिएको एक नेताले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *