राम अधार साह, महोत्तरी । २०७८ चैत्र २३, बुधवार

समता र समावेशी शिक्षा कार्यक्रम अन्तर्गत स्थानीय स्तरको योजना निर्माण तथा समिक्षा कार्यशाला गोष्ठी महोत्तरीको मनराशिसवा नगरपालिका वडा नं. १ मनराको कार्यालय भवनमा आज सम्पन्न भएको छ् ।

नेपाल सरकारको आयोजनामा युनिसेफ, विश्व शिक्षा एवं समाज विकाश केन्द्रको सहकार्यमा उक्त गोष्ठी आज सम्पन्न भएको हो । बिगतका वर्षमा विभिन्न विद्यालयमा उक्त कार्यक्रम नगरपालिकाद्वारा सान्चालित हुँदै आएको हो ।

मनराशिसवा नगरपालिकाका मेयर संजयकुमार सिंहको प्रमुख अतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उपमेयर रमिता प्रधान, वडा अध्यक्षहरु सुभाष कुमार चौधरी, विनोद सिंह, राधेश्याम तिवारी, रमेश राय, कार्यकारिणी सदस्य सुरिता महतो तथा शिक्षा अधिकृत रोमन निरौलाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *