कृष्ण सिंह, सर्लाही । २०७८ चैत्र २३, बुधवार

सर्लाहीमा अज्ञात व्यक्तिको गोलि प्रहारबाट भारतीय नागरिकको मृत्यु भएको छ । अस्पताल परिसरबाट भर्खरै प्राप्त जानकारी अनुसार मृत्यु हुने व्यक्ति बिहारको सीतामढीस्थित बिशनपुर निवासी हुन् ।

इन्दल महतो नाम गरेको अन्दाजी ३५ वर्षीय ती व्यक्तिलाई मोटरसाइकलमा सवार भएको व्यक्तिले साँझ ७ बजे मलङवा वडा नं. ९ टावर चोकमा गोलि प्रहार गरेर फरार भएको थियो । फरार व्यक्तिले र मृतकले पनि भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेको थियो ।

मृतक इन्दल राजनीतिक व्यक्तित्व रहेकोे खुल्न आएको छ साथै उनी केही दिनदेखि मलङवामा रहदै आएको स्रोतले जनाएको छ् । मृतकको ससुराली मलङवा रहेको जनाएको छ् । सीतामढीस्थित बिशनपुरको उपप्रधानमा मृतक इन्दलको भाउजू रहेको स्रोतले जनाएको छ् । हत्याको रहस्य राजनीति हुनसक्ने पुर्वानुमान गरिएको छ् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *