मुलुक डेस्क, काठमाडौंमा । २०७८ चैत्र १४, सोमवार

ललित कलामञ्च बागमतीको प्रदेश अध्यक्षमा चर्चित कलाकार अजय देसार निर्वाचित भएका हुन् । पेन्टिङको मार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा ख्याती कमाएका युवा कलाकार देसार ललितपुर चापागाउँ निवासी हुन् ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपाल अर्न्तगत ललित कला मञ्चको बागमती प्रदेशकाे अध्यक्षमा निर्वाचित भएका देसारसंगै उपाध्यक्षमा राजेश महर्जन, सचीवमा विश्वम्भर बस्नेत, सहसचिवमा सरुनादेवी महर्जन, कोषाध्यक्षमा सितु मास्के, सदस्यहरुमा सास्वद आले मगर, सरिता देवी मण्डल, रिया बज्राचार्य, लक्ष्मी भासिमा, रामवती कुमारी चौधरी र प्रिन्स महर्जन निर्वाचित भएका छ्न ।

रङ्गलाई सजिव एवं सरल तरिकाले क्यान्भासमा कोर्न माहिर कलाकार देसारको पेन्टिङमा गाढा र गहन प्रस्तुत झल्किने गर्द्छ । गाढा र डार्क रङ्ग मन पराउने देशारको कलाकृतीमा मानव लोकाचार र दैनिकीको आभाष सहजै अनुभव गर्न सकिन्छ । समाजमा ओझेलमा परेको विषयवस्तु र पात्र, लोपोन्मुख जात्रा र सिर्जनशिल तथा कलात्मक प्रस्तुतिलाई पेन्टिङ मार्फत देसारले जिवन्तताका साथ उतार्ने गरेको पाइन्छ ।

फाईन आर्टमा नेपालबात स्नातकोत्तर एवं लन्डनबाट डिग्री समेत गरेका देसार विगत दुई दशकदेखि कलाकारिताको क्षेत्रमा सकृय छन । लन्डनमा ४ र नेपालमा ४ गरि कुल ८ भन्दा बढी एकल प्रदर्शनी देसारले गरिसकेका छन । देश विदेशमा दर्जनौं संयुक्त प्रदर्शनी गरेका देशार चित्रमा लाइट एन्ड सेड प्रविधिको प्रयोग गर्न बढी रुचाउँछन् । ईटालीका अन्तर्राष्ट्रिय कलर फर पिसका लागि नेपाली सदभावना दूत भएर समेत गरेका देसार योङ्ग पिकासो (चित्रकला अध्ययन केन्द्र) नेपालका निर्देशक समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *