कृष्ण सिंह, सर्लाही । २०७८ चैत्र १२, शनिवार

“प्रमुखअतिथिमा भारतका चर्चित हाँस्य कलाकार राजपाल यादव।”

भारतका चर्चित काेमेडियन तथा हाँस्य कलाकार राजपाल यादव आज गोपाल सेवा समितिको नवौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको रुपमा सहभागि हुन मलंगवा आएका हुन् ।

मलंगवा नगरपालिका वडा नं २ स्थित कभर्ड हलमा महाधिवेशन उदघाटन समाराेहमा कलाकार यादवलाई आयाेजकले ५६ किलाेकाे ठुलाे फूलकाे माला लगाएर सम्मान गरेको थियो ।

उदघाटन समाराेह आज साँझ अबेरसम्म चल्ने र राती अबेर हुने बन्दशत्र मार्फत गाेपाल सेवा समितिकाे केन्द्रीय नेतृत्व चयन हुने गाेपाल सेवा समितिले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *