मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र १०, बिहीवार

कृषि मेलामा नबिल बैंकको साथ, दिगो बैंकिङ मार्फत प्रबर्दन गर्ने
आजदेखि चितवनएक्स्पो सेन्टर, भरतपुरमा बहुप्रतिक्षित कृषि कर्जा मेला सुरु भएको छ । यो मेला चैत १२, २०७८ सम्म सञ्चालन हुनेछ ।

उद्घाटन कार्यक्रममा नबिल बैंकका अध्यक्ष तथा ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्याल्यु’ का एशिया प्यासीफीक प्रतिनीधि उपेन्द्र पौडेलले निक्षेपकर्ताको पैसा सुरक्षित भएको र सम्भावित लगानी क्षेत्रमा कर्जा दिन बैंक तयार भएको बताए । मुल्य श्रृंखला बनाउन सके कृषिमा लगानी बढ्ने उनले बताए । “नबिल बैंकले दिगो बैंकिङ अगाडी बढाएको छ । त्यसको प्रमुख कार्यक्रम कृषि छ,” उनले भने, “हाम्रो उर्भर जमिन भोलि रहन्छ की रहँदैन, भोलिको दिनमा सन्ततीको भविष्यलाई नविगारी अहिले विकास गर्ने हो । जुनदिगो विकास हो,” उनले कृषि क्षेत्रमा बैंकले लगानी नगरेको भएयति परिवर्तन नहुने दाबी गरे ।

“कृषि क्षेत्रको विकासको लागि बैंकहरुले जति प्रभाव पारेको छ त्यो भन्न सकेको छैनौ । भोलिको दिनमा कृषि क्षेत्रको विकासमा परेको प्रभाव भन्न सक्ने गरि अगाडी बढौं ।” उनले भने,“बैंकले निक्षेपकार्ताको पैसा फिर्ता हुने गरी हेरेर लगानी गर्ने हो, कृषिमा लगानी गर्दा निक्षेपकर्ताको पैसा सुरक्षित छ भन्ने गरि मुल्य श्रृंखला निमार्ण गरौं, बैंकले कृषिमालगानी गर्छन् ।”
नबिल बैंकका प्रमुखकार्यकारी अधिकृत अनिल केशरी शाहले कृषिमा समग्र ‘इको सिस्टम’ र ‘भ्यालु चेन’मा नै समस्या रहेको बताए । शाहलेआफ्ने अनुभव सनाउँदै भने, धेरै ठाउँमा जाँदा तपाइहरु किसानलाई कर्जा दिनु हुँदैन, बैंकले कर्जा दिएको भए किन युवा विदेश जानुपरथ्यो ? घरजग्गा र सेयरमाकर्जा दिनुहुन्छ तर किसानलाई पैसा दिनुहुन्न भन्ने गरेको सुनिन्छ, उनले सुनाए ।

“नबिल बैंकले ‘नबिलदिगो बैंकिङ’ गरेर हाम्रो टिमलाई गाउँमा किसँनसँग पठायौं, गाउँमा खेत त छ तर किसान साउदी, मलेसीया र जापानमा रहेछन् । जो किसान रहेछन् उनिहरुले पैसा रोपेर केहीहुँदैन बीज चाहियो भन्ने रहेछन् ।” बैंकर शाहले भने, “बिजभए पुग्छ भन्दा मल पनि चाहियो, बिज र मल भएपछि हुन्छ भन्दा अब बजार पनि चाहियो भने गुनासो गरे, हाम्रो टिम आएर किसानलाई पैसा मात्रै दिएर नहुने रहेछ बीज, मल, पानि र बजारिकरण पनि चाहिने रहेछ भन्ने गुनासो आयो ।”

उनले बैंकहरु कर्जा दिन तयार भए पनि निक्षेपकर्ताको पैसा लगानी गर्दा त्यसको सावाँ र थोरै ब्याजफिर्ता हुने सुनिश्चितता खोज्नुपर्ने बताए । “कर्जा दिन बैंक तयार छौं तर, हाम्रो किसानले कर्जा लिएर ब्याजमात्रै हैन तिर्ने मात्रै हैन त्यसबबाट आम्दानी गर्न ‘इको सिस्टम’ बनाउनुपर्छ भनेर बुझ्नुभएको छ,” उनले भने, “नबिल बैंक किसान र कृषिमा लगानी गर्ने भनेर अगाडी बढेका छौं । हामी प्रतिवद्धता जनाउँछौं, तर जबसम्म लगानी गरेको पैसाको साँवा र पैसा फिर्ता आउँछ भनेर देखिदैन लगानी गर्न समस्या हुन्छ।” बैंक भनेको निक्षेपकर्ताको पैसाबाट चल्ने भएकोले जबसम्म इकोसिस्टम बनेर त्यो पैसा मैले सुरक्षित देखिदैन कृषि क्षेत्रमा समस्या रहने उनले बताए ।“अब ‘इको सिस्टम’बनाउन बैंकहरु अगाडी बढ्छ । ५० हजार, ५ करोड र ५० करोडको लोन चाहिएपनि पछि हट्दैन। तर, हामी सावाँ र थारै ब्याज उठ्छभन्ने वातावरण देख्न चाहन्छौं ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *