मुलुक डेस्क, काठमाडौं । २०७८ चैत्र ०१, मंगलवार

दुबईमा बस्दै आएका नेपालीले होली रंगोत्सव कार्यक्रम मनाएका छन् । मधेशी एकता समाजको आयोजनामा दुबईको बिभिन्न ठाउँमा रहँदै आएका मधेशी समुदायले यो कार्यक्रम मनाएका हुन् ।

रंगोत्सवमा तीन सयभन्दा बढी संख्यामा मधेशीको सहभागिता थियो । कार्यक्रममा नेपालबाट मधेशका प्रसिद्ध गायक सन्तोष सहनी, मधेशका चर्चित र प्रख्यात टिकटक स्टार आरती चौधरी, बाल कलाकार अंकिता शर्मा, गायक ब्रजेश सिंह, राम यादव, दिनेश साहका साथै नृत्यांगना प्रमिला रिजाल, टिकटक स्टार सलामत, इन्द्र सिन्चुरी, देव श्रेष्ठ, नेपाली बोयज टिमले आ–आफ्ना प्रस्तुति दिएका थिए ।

नेपाली राजदुतावासका द्वितीय सचिव भुवन ओझाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले होलीलाई रंग को उत्सव संज्ञा दिंदै विदेशमा रहेका नेपालीले होली आयोजना गर्नुले दुतावासलाई गौरवान्वित तुल्याएको बताए ।

यसका साथै मधेशी एकता समाजका अध्यक्ष कार्यक्रमको सभापति मुकेश झा, उपाध्यक्ष कृष्णा ठाकुर, उपाध्यक्ष लाल बाबु सिंह, उपाध्यक्ष धर्मेन्द्र गोहिवार, कोषाअध्यक्ष अनिल साह, नेपाल इकाईको अध्यक्ष डा. बबी सिंह, राधे यादव, जिवछ मिश्र लगायत अन्य पदाधिकारीहरूको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *