मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन २४, मंगलवार

नेपाल लगायत विश्वभरि नै आज अर्थात 8 मार्चका दिन ११२ औं “नारी दिवस” भव्य र सभ्य तरिकाले मनाईएको छ । यसैक्रममा ०७५ सालमा नेपाल सरकारद्वारा सम्वैधानिक आयोगको रुपमा गठित मधेशी आयोगले पनि २०२२ मार्च ७ र ८ मा दुई दिवसीय कार्यक्रम सुसम्पन्न गरेको छ ।

आयोगमध्ये उत्कृष्ट आयोग मधेशी आयोगले दायित्व अनुसार निदानात्मक र उपचारात्मक कार्य गर्दै आएको छ । मधेश र मधेशीको समस्या एवं जनगुनासो तथा बृहत्तर बिकासलाई लक्षित गर्दै आयोगले सम्वाद, सुझाव र समाधानका लागि निरन्तर सहकार्य गर्दै आएको छ ।

आयोगले हिजो समपन्न गरेको “मधेशका विविध समस्याहरु र कानुनी उपचार” विषयक प्रत्यक्ष अन्तरक्रियात्मक कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालय तथा प्रत्यक्षरुपमा रहेका सरोकारवालाहरुसंग लामो बहस र निकासको बारेमा छलफल गरेको थियो । आयोगमा दर्ता भएका ५०० भन्दा बढि उजुरीहरुमा प्रायजसो महिला हिंसाकै उजुरीहरु रहेको थियोे ।

महान्यायाधिवक्ताको कार्यालयबाट उप-महान्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलले गुनासोकर्ताको लागि सरकारले के कस्तो उपाय र उपचार गरेको छ, त्यसबारेमा प्रष्ट पारेका थिए । न्यायको लागि हरेककोण र हरसम्भव प्रयास गर्नुपरेमा उनले जोड दिएका थिए ।

यसैगरी नेपाल प्रहरीको महिला बालबालिका सेवा निर्देशनालयका प्रहरी उपरीक्षक (एसपी) उमा शंकर चतुर्वेदीले सहभागिता जनाएका थिए । उनका अनुसार प्रहरीको तल्लो दर्जामा अझ विवेक र सावधानी सहित कार्य गर्नुपर्ने जनगुनासो रहेकोले यसप्रति प्रहरी प्रधान कार्यालय सचेत रहेको पनि प्रष्ट पारे । साथै गुनासोकर्ताको लागि प्रभावकारी कानुनी उपचारका विभिन्न बाटोहरु पहिल्याउने माध्यम र तरिका पनि सुझाए। आयोग एउटा सम्वैधानिक निकाय भएकोले भैपरी आउने गुनासो एवं समस्याको लागि सम्बन्धि निकायसंग सम्न्वयन गरि मार्ग प्रसस्त गर्नु पर्ने धारना चतुर्वेदीको रहेकोे थियो ।

सो कार्यक्रममा पीडित निहारिका सिंह र बिनु यादवले आफुसंग घटेको घटनालाई प्रत्यक्षरुपमा बयान गरेका थिए । महिला हिंसा र विभेद तथा मानव अधिकारको लागि दुवैजनाले आफ्नो लडाइँ जारी राखेको बताइन् । उनीहरुको अनुसार मधेशी आयोगले आफनो दायरा अनुसार सम्वाद, सहकार्य र सहयोग गर्नुपर्ने धारना व्यक्त गरिन ।

सोहि कार्यक्रममा वकिल शैलेन्द्र प्रसाद अम्बेडकर, महिला अधिकारकर्मी रोजलिन बच्छार र हंषावती कुर्मी, निलहिरा समाजका सत्येन्द्र ठाकुर, संचारकर्मी रमिता यादवले आ-आफ्नो मन्त्व्य व्यक्त गरेका थिए ।

महिलाहरुकै प्रभावी र सक्रिय सहभागीतामा “तेस्रो नारी दिवस” आज आयोगको सभाकक्षमा सम्पन्न भयो । गर्भ परिक्षण गराई छोरी भएकै कारण गर्भपतन गराउनु पर्ने कुन्ठित एवं सँकुचित मान्सिकताले अधिकांस मधेशी महिला मात्र नभइ पुरुष पनि पिडित रहेको कथाले विकृत मनोविज्ञानलाई उजागर पारेको छ ।

अशिक्षा र कुशिक्षा, गरिबी, जनचेतनाको अभाव, रुपान्तरणमा समस्या, सशक्तीकरणवाट टाढा र पहुँचको दिवास्वप्न जस्ता समस्याहरुवाट समुदाय पिडित रहेको आजको उपस्तिथ महिलाहरुको तर्क रहेको थियो ।

यस वर्षको विषय-वस्तु “लैङ्गगिक समानता र दीर्घकालीन भविष्य” व्यवहारपरक वनोस् तथा ।। यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता: ।। अर्थात “जता नारीको पूजा हुन्छ देवता त्यतै रमाउछ्न् ।” अक्षरशः व्यवहारकारी होस् र वनोस् ! भन्ने शुभकामना दिदै आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले दुवै कार्यक्रमको अध्यक्षता र समापन गरेका थिए। कार्यक्रममा आयोगका सदस्यहरु जिवक्ष साह, रेणु देवी साह, प्रमोद कुमार गुप्ता लगायत विभिन्न संस्थाका प्रतिनिधि पात्र, पत्रकार एवं महिलाकर्मी तथा गुनासोकर्ताको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *