मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन २२, आइतवार

प्रभु बैंक लि. ले अत्याधुनिक प्रविधिको उच्चतम् उपयोग गर्दै आफ्ना ग्राहकहरुकोलागि मोबाईलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा फाल्गुन २० देखि सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंकका ग्राहकहरुले आफ्नो मोबाईलमा रहेको प्रभु मोबाईल बैंकिङ्ग सफ्टवेयरको माध्यमबाट आफुलाई आवश्यक परेको जुनसुकै बेला सजिलै रु. २लाख सम्मको फोन लोन सुविधालिन सक्ने भएका छन् । यो सुविधा हालको लागि प्रभु बैंक लि. मा तलबी खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले मात्र उपभोग गर्नसक्ने व्यवस्था मिलाईएको छ ।

यो सुविधा उपभोग गर्नका लागि प्रभु बैंकका ग्राहकले आफ्नो मोबाईलमा रहेको मोबाईल बैंकिङ्ग सफ्टवेयरबाट फोनलोनको लागि अनुरोध गर्न सक्नेछन् । फोन लोनकोलागि अनुरोधप्राप्त हुनासाथ सम्बन्धित ग्राहकको कारोबारको विवरण समेतलाई आधार बनाई सम्बन्धित ग्राहकले फोन लोन सुविधाअन्तर्गत लिन पाउने कर्जा निर्धारण हुनेछ । यो कर्जाकोभुक्तानीअवधि बढिमा ३६ महिनासम्मको हुनेछ ।

यो सुबिधाबाट तत्काल साथमा नगद नभएका कारण आर्थिक अभावबाट गुज्रिनु पर्ने अवस्थाको अन्त्य हुनेछ । साथै सानोतिनो कर्जा कारोबारको लागि बैंकमा उपस्थित हुनुपर्ने झण्झटको अन्त्य हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *