मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन २१, शनिवार

नेपाल सरकारको बेरुजु फछ्र्यौट अनुगमन समितिको प्रतिवेदनले सार्वजनिक गरेको प्रतिवेदनमा मधेशी आयोगको नाममा शुन्य बेरुजु रहेको तथ्यांक प्रकाशित गरेको छ् ।

बेरुजु फछ्र्यौट अनुगमन समिति संगै महालेखा परिक्षक विभागको लेखा परिक्षण अनुसार आ.व. २०७५/०७६ आ.व. २०७६/०७७ र आ.व. २०७७/०७८ मा पनि मधेशी आयोगको बेरुजु शुन्य रहेको प्रतिवेदनमा उल्लेख गरेको छ।

नेपालमा गठित अन्य आयोगमध्ये मधेशी आयोगले आफ्नो पहिचान एवं गरिमा अलग्गै स्थपित गरेको छ् । मधेशका हकहितका लागि गठित यो आयोगले जनसरोकारसंग संबंधित सभा, गोष्ठि, कार्यक्रम सहितका अनुसन्धान एवं खोजबिन आदिका कार्यहरू गर्दै आएको आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले बताए ।

“गरौं आर्थिक मितव्ययिता
परिभाषित कार्यमा सधैं प्रथम
रहनेछ सदैव प्राथमिकता ।” भन्ने पार्दर्शी र परिष्कृत कार्यमा मधेशी आयोग अब्बल रहेको र भविसष्यमा पनि उत्कृष्ट रहनेमा अध्यक्ष दत्त बिस्वस्त रहेको प्रष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *