बद्री नाथ झा, जनकपुरधाम । २०७८ फाल्गुन २१, शनिवार

धनुषाको एक सामुदायिक विद्यालयमा लाखौं रकम हिनामिनापछि हेडमास्टर फरार भएका छन् । धनुषाधाम नगरपालिका वडा नं. ६ मा पर्ने श्री माध्यमिक विद्यालय हरिपुर निगाहपुर का हेडमास्टर फरार भएका हुन् ।

विगत ४ वर्षदेखि सो विद्यालयको जिम्मेवारी सम्हालेका राम एकवाल महतो विद्यालयमा लाखौं रकम हिनामिना गरेको आरोप लाग्दै आएको थियो । सो को विरोधमा पत्रकार राम बाबु यादव र स्थानीयहरुले हरहिसाब बरबुझार्थ गर्न पटक- पटक आग्रह गरेका थिए ।

सम्पुर्ण गाउँ बासि समाज को सामु हिसाब दिन समय पटक पटक लिएको र हिसाब दिने समय मा बिभिन्न बाहाना बनाइ स्कुल न आउने गरेका थिए । हेडमास्टर महतो कसरी आए ? कुन तहको नियुक्ती र दरबन्दीमा आए ? यस विषयमा त्यहाँ कार्यरत शिक्षकहरु लाइ पनि जानकारी नभएको बताए ।

हेडमास्टर महतो त्यस विद्यालयमा आएर एका एक प्रमुखको जिम्मेवारी सम्हालेका थिए । त्यतीबेला शिक्षकहरु पनि विद्यालय व्यवस्थापन समितिको अनुमति लिएर महतो विद्यालयमा हाजिर भएको हुनाले खोजी गर्ने कुरा पनि भएन। पछि, विद्यालयमा विभिन्न भौतिक संरचना निर्माणको काम सम्पन्न भयो ।

विद्यालयको दरबन्दी सहित काज सरुवा भएका शिक्षकको दरबन्दी फिर्ता ल्याउने काम समेत हेडमास्टर रामाएकवाल महतोले नै गरेको शिक्षकहरु बताउँछन् । दुई चार जनाले विद्यालयलाई राजनीतिक अखाडा बनाएका थिए । हेडमास्टर फरार रहँदा अहिले ती राजनीतिकर्मी कहाँ छन् ? जनताको छोराछोरीलाई शिक्षाबाट बञ्चित गराउने त्यस्ता राजनीतिकर्मीबाट स्थानीयहरु सचेत रहनु पर्ने छ ।

महतो आउनसाथ विद्यालयमा खाली रहेको दरबन्दीमा शिक्षक नियुक्ती प्रक्रिया अघि बढाए । शिक्षकहरु पनि नियुक्ती गरे तर मोटो रकम चेलखेल भएको स्थानीयको आरोप छ । मोटो रकम चेलखेल गरेर गुणस्तरीय होइन, आफन्त र नातावाद तथा पैसावादलाई फ्रन्टमा ल्याए।

फ्रन्टमा आएका शिक्षकहरु खासै प्रगातिमूलक काम गर्न नसकेको स्थानीयहरु बताउँछन् । त्यहाँ कार्यरत शिक्षकहरु समयमा विद्यालय नआएपछि स्थानीयहरु झनै आक्रोशित भए ।
आक्रोशित स्थानीयहरुले विद्यालयको गतिविधि सुधार्न हेडमास्टर महतोलाई पटक-पटक अनुनय विनय गरे तर त्यो अप्रत्याशित भयो । अन्ततः हेडमास्टर विगत २ महिनादेखि फरार रहेका छन् ।

स्थानीयहरुले विद्यालयमा शिक्षक समयमा आउनु पर्ने, शिक्षक नियुक्तीमा भएको त्रुटी सच्याउनु पर्ने, भौतिक पुर्वाधार विकासमा भएको आर्थिक अनियमितता पारदर्शी गर्नु पर्ने, विद्यालयमा उठाइरहेको बढी शुल्क फिर्ता लगायतका माग अघि सारेका थिए ।

हेडमास्टर महतो फरार रहेको विषयमा वडाअध्यक्ष र नगरपालिकाले चासो दिएको छैन ।
स्थानीयले जति नै चासो देखाएपनि ४ वर्षदेखिको रकम हिनामिना गरी हेडमास्टर फरार रहेको अवस्थामा विद्यालयको पठन-पाठनमा समेत समस्या देखिएको छ ।

हेडमास्टर नहुँदा शिक्षकहरु विद्यालयमा समयमा नआउने, आएपनि लिजर घण्टीमा कक्षाकोठामा नजाने,
हेडमास्टर रामएकवाल महतो कसरी आए वा गएको भन्ने विषयमा कसैलाई थाहा नभएको प्रतिक्रया आएको छ । वडाअध्यक्ष र नगरपालिकाका अधिकारीहरु पनि विद्यालयको सुधारमा चासो देखाएको छैन । विद्यालयमा लाखौं अनियमितता गरेको शिक्षकलाई कसरी सरुवा प्रक्रिया अघि बढाइयो ? फरार हेडमास्टर सरुवा गराई अन्त गएकोमा दोषी को ? दुई चार जना स्थानीय, वडाअध्यक्ष र नगरपालिकाका अधिकारीहरुले यसको जवाफ दिनु पर्ने बेला आएको छ ।

यद्यपी, लाखौं रकम अनियमितता गरी नातावादलाई प्रश्रय दिएका हेडमास्टर महतो महोत्तरी विजलपुराको एक विद्यालयमा सरुवा गराएको सुन्नमा आएको छ । यदी महतो विजलपुरामा सरुवा गराएर गएको छ भने त्यहाँको विद्यालयलाई हेडमास्टरलाई फिर्ता पठाउन यहाँका स्थानीयहरुले यसै समाचार मार्फत आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *