मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन १०, मंगलवार

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा मधेशी आयोगद्वारा हिजाे २१ फेब्रुअरीको दिन तेस्रो मातृभाषा दिवस कार्यक्रम सम्पन्न गरेको छ् ।

मधेशी आयोगले आफ्नै सभाहलमा सम्पन्न गरेको सो कार्यक्रममा अध्यक्षता आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले गरेका थिए भने प्रमुख अतिथिको रुपमा राष्ट्रिय सभाका सदस्य एवं नेकपा एमाले संसदीय दलका नेता सुमन राज प्याकुरेल रहेका थिए ।

विश्वभरी बोलिने सबै भाषा ( झण्डै ६५०० भन्दा बढी ) को महत्त्व र अपन्त्व सान्स्कृतिक एवं पहिचानको रूपमा अपार रहेको सन्दर्भमा नेपालमा बोलिने भाषाको पनि आफ्नै मर्म र महिमा रहेको सो अवसरमा बिज्ञहरुले उठान गरेका थिए । उक्त अवसरमा नेपालभर बोलिने १३० भन्दा बढी भाषाको गरिमा र ऐतिहासिकताको उल्लेख गरिएको थियो । यसका साथै तराई मधेशमा बोलिने प्रमुख भाषा मैथिली, भोजपुरी, अवधि, बज्जिका, सतार, मगही, राजवंशी, थारु आदिको बारेमा चर्चा एवं कार्यपत्र प्रस्तुत गरिएको थियोे ।

आयोगद्वारा आयोजित उक्त कार्यक्रममा मैथिली भाषा सम्बन्धि कार्यपत्र कञ्चना झा, अवधी भाषा सम्बन्धि कार्यपत्र हंसावती कुर्मी र भोजपुरी भाषा सम्बन्धि कार्यपत्र विना सिन्हाले प्रस्तुत गरेकी थिईन् ।

सोही क्रममा मथिली भाषा प्राचीन कालदेखि प्रचलनमा रहेको तथ्यगत जानकारी झाले गराईन । त्रेता युग अर्थात रामायण कालिन ईतिहास रहेको अवगतमाथि प्रकाश पारिन । नेपालमा मल्लकालिन शासनमा राजकाजको भाषा रहेको प्रमाण पनि प्रष्ट पारियो । अतन्तै समृद्ध एवं प्रचलित तथा मिठासले भरिएको भाषाको रूपमा मैथिली भाषा रहेको पुष्टि पारिएको थियो । यो भाषा नेपालको अत्याधिक बोलिने हाल दोस्रो भाषाको रूपमा रहेकोे तथ्यांकले ( करिब १२%) देखाउँछ ।

यसैगरी भोजपुरी, अवधी, बज्जिका, थारु, मगही भाषा लगायतको प्राचीन एवं प्रामाणिक ईतिहास रहेको पाईन्छ यद्यपि राज्यद्वारा संरक्षण र सम्बर्द्धनको खाचो रहेको तितो यथार्थ रहेको टिप्पणी बिज्ञहरुको रहेको थियोे ।

उक्त अवसरमा आयोगका सदस्यहरु रेणुदेवी साह, सचिव अनजन कुमार मिश्र , उपसचिव, शाखा अधिकृत रमेश कुमार दासको उपस्तिथि रहेको थियो । सो कार्यक्रममा अपस्तिथ भाषा बिज्ञ एवं संचार्कर्मीहरुले आआफ्नो तर्फबाट भाषा सम्बन्धि टिप्पणी तथा लघुकथा, मुक्तक, कविता वाचन गरेका थिए ।

मैथिली, भोजपुरी, अवधी, मगही, बज्जिका आदि भाषामा कविताको माध्यमद्वारा मिठो, सटिक एवं व्यङ्गात्म्क प्रस्तुति गरिएको थियो । सोही अवसरमा प्रमुख अतिथि प्याकुरेलले भाषाको सम्बर्द्धन र संरक्षणमा राज्य सङ्सङै घरपरिवारका सदस्यले आफ्नै मातृभाषामा बोलचाल गर्नुपर्ने एवं रितिरिवाज र संस्कार दिनुपर्ने आवस्यक देखिन्छ । आफू जन्मेको माटाे र आफ्नो पहिचानलाई जोगाउन हरसम्भव प्रयास गर्नुपर्द्छ ।

आयोगद्वारा आयोजित सो कार्यक्रमको संचालन आयोगकै सद्स्य आभासेतु सिंह ले गरेकी थिईन । कविताको माध्यमद्वारा सिंहले भाषा र अभिव्यक्तिको उठान एवं आशय प्रष्ट पारेकि थिईन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *