मुलुक डेस्क, महोत्तरी । २०७८ फाल्गुन ०८, आइतवार

महोत्तरीको जंगलमा फेला परेको गर्भवती महिला शव र वेवारिस फालेका दुई बालक घटनाका मुख्य योजनाकार पक्राउ परेका छन् ।बालकलाई वेवारिस अवस्थामा छोडेर भाग्ने र महिलाको हत्या गर्ने एउटै व्यक्ति रहेको खुल्न आएको छ।

गौशला नगरपालिका १२ स्थित सगरनाथ वन परियोजनाको जंगलमा भेटिएको गर्भवती महिला शव र वेवारिस अवस्थामा सोहि क्षेत्रमा भेटिएको दुई साना बालकहरु बीच आमा छोराको सम्बन्ध रहेको खुल्न आएको छ भने महिलाको हत्या उनकै श्रीमानले गरेको खुलेको छ। आफ्नै श्रीमानले नै महिलाको हत्या गरेर आफ्ना दुई अबोध बालकहरुलाई छोडेर फरार भएको थियो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज पत्रकार सम्मेलन गरि घटनाबारे जानकारी दिंदै महिलाको हत्या गरेको आरोपमा निजको श्रीमान् भारतको विहार राज्य सीतामाढी जिल्लाको ग्राम पंचायत भासर मघहा वडा नं. ७ अनारवन गाउँ बस्ने ३७ वर्षिय अजय महतो कोइरी र हत्या गर्न सहयोग गरेको आरोपमा सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ३ बस्ने ३४ वर्षीय प्रमोद राउतलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरु माथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गराई थप असुन्धान सुरु गरिएको महोत्तरी प्रहरी प्रमुख एसपी कृष्ण पंगेनी ले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *