मुलुक डेस्क, काठमाडौं । २०७८ माघ २३, आइतवार

विश्व प्रसिद्ध भारतीय गायिका लता मङ्गेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ। विगत २९ दिनदेखि कोभिड-१९ बाट सङ्क्रमित भएपछि स्वर कोकिला लतालाई अस्पताल भर्ना गरिएको थियो।

आधा शताब्दी लामो असाधारण साङ्गीतिक यात्राका क्रममा उनले ३६ भाषामा ५०हजारभन्दा बढी गीत गाएकी थिइन्। भारतिय हिन्दी चलचित्र उद्योगले उनलाई राष्ट्रिय प्रतिभाको रूपमा स्थापित गरेको थियो । उनको जन्म सन् १९२९ को सेप्टेम्बर २८ तारिखमा भारतको मध्य प्रदेश राज्यस्थित इन्दोर सहरमा भएको थियो। पाँच वर्षको उमेरमा पिता दिनानाथ (थिएटर कलाकार) मङ्गेशकरबाट उनले सङ्गीत सिक्न थालेकी थिइन्।

सन् २००१ मा उनले भारतमा नागरिकहरूले पाउने सबैभन्दा उच्च तहको सम्मान भारत रत्न प्राप्त गरेकी थिइन्। सन् २००४ मा उनको उमेर ७५ वर्ष पुग्दा बलिउडका प्रसिद्ध निर्देशकमध्ये एक यश चोपडाले बीबीसीमा लेखेका थिए कि “मैले उनको आवाजमा भगवानणको आशीर्वाद देखेँ”।

जीवनभर अविवाहित मङ्गेशकरका बहिनी आशा भोसले, उषा मङ्गेशकर र हेमलता पनि चर्चित बलिउड गायिका हुन्।

नेपाली भाषामा पनि गीत गाएकी लतालाई भारतकी नाइटिङ्गेलकी उपनामले चिनिन्छ । लता मङ्गेशकरको निधनमा भारतले दुई दिन राष्ट्रिय शोक घोषणा गरेको छ।

उनको अन्त्येष्टि राजकीय सम्मानका साथ शिवाजी पार्क, मुम्बईमा भएको छ र भारतीय प्रधानमन्त्री मोदी उनलाई अन्तिम बिदाइ गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *