मुलुक डेस्क, जनकपुर । २०७८ माघ १७, सोमवार

पत्रकार सुजीतकुमार झाद्वारा सीतारामको विवाहसँग सम्बन्धित मैथिली भाषामा लिखित अनुसन्धानमुलक पुस्तक ‘पूनी पूनी होत विवाह’ को लोकार्पण कार्यक्रम आज एक समारोहका बीच सम्पन्न भएको छ । रामजानकी विवाह सम्बन्धमा लेखिएको सो पुस्तकको प्रकाशन मधेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले गरेको छ ।

६८८ पुष्ठको सो पुस्तकको यसअघि संघिय संस्कृति मन्त्रालय विद्यापति पुरस्कार कोषले एक लाखको पुरस्कार प्रदान गरेको थियो ।

पुस्तकको लोकार्पण मधेश सरकारको भौतिक पूर्वाधार मन्त्री रामसरोज यादव र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतोले संयुक्त रुपमा गरेका हुन् ।

पुस्तकलाई मधेश प्रदेश भित्र रहेका प्रदेश नगरपालिका गाउँपालिका, मन्त्रालय र प्रमुख कार्यालयमा राखिने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतोले जानकारी दिए । रामजानकीको विहे सम्बन्धी महत्वपूर्ण कुरो आएको र बाहिरबाट जानकपुर आउनेहरु जान्न चाहन्छन उनको कथन रहेको थियो । भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवले मैथिली पुस्तकालय बनाउन सुझाब दिए ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको सो समारोहमा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जनकपुरधामको पहिचान रामजानकीसंग रहेकाले यो पुस्तकले जनकपुरधामको पर्यटन बढाउन सहयोग गर्ने बताए ।

समारोहमा पूर्व सांसद महेन्द्रकुमार मिश्र, वरिष्ठ साहित्यकार अयोध्यानाथ चौधरी, रोशन जनकपुरी, चर्चित गायक सुनिल मल्लिक, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष रोजेश कर्ण, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, लोसपा नेताद्वय मनोजकुमार चौधरी, संजयकुमार चौधरी,गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठ, लेखक सुजीत कुमार झा, वन तथा पर्यटन मन्त्रालयक अधिकृत सुरेश शर्मा, पत्रकार श्यामसुन्दर शशि, प्राध्यापक रुद्रकुमार झा लगायतका वक्ताहरुले बोलेका थिए । सुजीतको मैथिली भाषामा यो दशौ कृति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *